उज्यालो संसार फेरि देख्न पाएकोमा खुसी हुदै, आँखाको बिरामी अन्ततः खानीखोला फर्किँदै !

काभ्रे – खानीखोला गाउँपालिका र नेपाल परिबर्तनशिल समाजको समन्वय र आयोजना तथा रेयुकाइ आँखा अस्पताल बनेपाको प्राविधिक सहयोगमा सञ्चालन भएको निशुल्क आँखा शिविरबाट पत्ता लागेका मोतिबिन्दुका विरामिहरुको सफलतापुर्वक सल्यक्रिया भएसँगै उज्यालो संसार देख्न पाउदै खुशि भएर गाँउ फर्किएका छन् भने कुनै बिरामीहरु अर्को आँखाको सल्यक्रिया पछि फर्किने भएको छ ।

‘रेयुकाइ एई मासुनागा आँखा अस्पताल’ले झण्डै ६० जना मोतिबिन्दु बिरामीको सफल उपचार गरेको छ । गएको २ दिनमा अस्पतालले ६० जना आँखा रोगीको निःशूल्क शल्यक्रिया (अप्रेसन) गरेको हो ।

खानीखोला गाउँपालिका र नेपाल परिबर्तनशिल समाजको समन्वय र आयोजनामा खानीखोला गाउँपालिकामा मङ्सिर ११,१२ गते खानिखोला गाउँपालिका वडा नं. ७ मा मिल्चे स्वास्थ्य चौकी र महेन्द्र आवासीय विद्यालय खोरभन्झ्याङमा र १३ गते खानिखोला गाउँपालिकै वडा नं. ६ साल्धारमा रहेको स्वास्थ्य चौकि देउरालिमा बृहत् आँखा शिबिरमा पहिचान भएका मोतिबिन्दु बिरामीको अप्रेसन गरेको जनाएको छ ।

शिविरमा फेला परेका ५० भन्दा बढिको अप्रेसन गरेको अस्पतालले जनाएको छ । सबैको अप्रेसन गर्ने योजना भए पनि कतिपयलाई मधुमेह (सुगर) र उच्च रक्तचाप (प्रेसर) समस्या देखिएपछि तत्कालका लागि उनीहरुको अप्रेसन रोकिएको हो ।

नेपाल परिबर्तनशिल समाजका अध्यक्ष क्षेत्र बहादुर वाईवाका अनुसार बाँकी बिरामीलाई उचित समयमा स्वास्थ्य अनुकुल हुने गरी अप्रेसन गर्न बोलाउने तय भएको छ। आँखा उपचार पाउनेमध्ये धेरै जसो बिरामी जेष्ठ नागरिक रहेका छन्। बृद्धबृद्धा भएकाले अप्रेसन गर्न खोज्दा स्वास्थ्यले साथ नदिएपछि स्वास्थ्यानुकुल समयमा अप्रेसन गर्ने गरी घर पठाइएको वाईवाले बताए।

जेष्ठ नागरिक तथा कतिपय बिरामी गरिव र बिपन्न भएकाले तिनिहरुलाई आर्थिक व्ययवहार नहोस् भन्ने हेतुले खर्च जुटाएर निःशूल्क उपचार गरिएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...