पेङ्दोर्जे डम्फु पार्कको प्रवर्द्धनका लागि कुमारी विद्यालयको वनभोज !

काभ्रे – काभ्रेपलान्चोक जिल्लाको खानिखोला गाउँपालिका वडा न: ४ मा निर्माण भएको पेङ्दोर्जे डम्फुपार्कमा यही मिति २०८२ मंसिर २२ गते कुमारी माध्यामिक विद्यालय परिवारले वनभोज कार्यक्रम आयोजना गरि मनाउने भएका छन ।

खानिखोला सरकार को गौरवको आयोजना र संघिय सरकारको आर्थिक सहयोगमा गतवर्ष मात्र निर्माण भएको डम्फू पार्क विशेष गरेर तामाङ समुदाय को संस्कृति झल्किने महत्त्वपूर्ण पार्क भएकोले पर्यटन विकासको प्रवर्धन गर्ने खास उदेश्य रहेको विद्यालयको सदस्य रुपेश लोप्चनले बताएको छ ।

खानिखोलाको सात वटै वडाको भूगोल र काभ्रे सिन्धुली मकवानपुर र केही बाराजिल्लाको दृश्य समेत अवलोकन र देख्न सक्ने भएको हुदा पालिका तथा अन्तरपालिका को विद्यालयहरुलाई पनि खुल्ला बनभोज तथा घुम्नलाई जाउ है खानिखोला को पेङ्दोर्जे डम्फूपार्क भनेर नुरोध पनि गर्ने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...