काभ्रेको खानीखोलामा बृहत् निःशुल्क आँखा शिविर सम्पन्न, लिए ४०० भन्दा बढीले सेवा !

काभ्रे – खानीखोला गाउँपालिका र नेपाल परिबर्तनशिल समाजको समन्वय र आयोजना तथा रेयुकाइ आँखा अस्पताल बनेपाको प्राविधिक सहयोगमा निशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ ।

काभ्रेको विकट खानीखोला गाउँपालिकामा मङ्सिर ११,१२ गते खानिखोला गाउँपालिका वडा नं. ७ मा मिल्चे स्वास्थ्य चौकी र महेन्द्र आवासीय विद्यालय खोरभन्झ्याङमा र १३ गते खानिखोला गाउँपालिकै वडा नं. ६ साल्धारमा रहेको स्वास्थ्य चौकि देउरालिमा बृहत् आँखा शिबिर कार्यक्रम सम्पन्न भएको हो ।

वृहत निशुल्क आँखा शिविरलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि खानीखोला गाउँपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्बाले आँखा हाम्रो जीवनको ठूलो अङ्ग भएको बताउँदै यसमा कुनै पनि समस्या आउन दिन नदिनको लागि आग्रह गर्दै आफू पनि मोति बिन्दुको बिरामी भएको र उपचार नपाएको गुनासो समेत व्यक्त गरेका छन् यस्तै बनेपामा लिनुपर्ने सेवा आफ्नै आगनमा आएको भन्दै यस्को भरपुर सेवा लिन समेत आग्रह गर्नुभएको हो ।

यस्तै नेपाल परिवर्तनशील समाजका अध्यक्ष यस संस्था दर्ता भएको समयदेखि नै विभिन्न सामाजिक कार्यक्रम गर्दै आएको स्मरण गराउँदै यी र यस्ता सामाजिक कार्य आगामी दिनमा पनि गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छ।

यस्तै खानीखोला गाउँपालिका वडा नम्बर ७ का पूर्व वडाध्यक्ष क्षेत्रमान घ्याबाले आँखा शिविरबाट मोतिबिन्दु लगायतका समस्या समाधान हुँदै गर्दा समाजमा व्याप्त विकृति विसंगतिहरु र गलत कुराहरु छुटाउन सक्ने बन्नेमा आशा व्यक्त गरेका छन्।

सामाजिक कार्य गर्दै आएको संस्था नेपाल परिबर्तनशिल समाजको अध्यक्ष वाईबाले भौगोलिक रुपमा विकट खानीखोला गाउँपालिका साथै खानीखोला गाउँपालिका आसपासका आखाँको समस्या भएको नागरिकहरु धेरै भएको र उनीहरुले राम्रो स्वास्थ्य उपचार नपाएकै कारण कम उमेरमै आखाँको ज्योति गुमाएर संसार देखिनबाट बञ्चित हुनु परेको अवस्थालाई मध्यनजर गर्दै निशुल्क मोतिविन्दुको शल्यक्रिया सहित आँखा शिविर सञ्चालन गरेको बताएको छ ।

उक्त वृहत शिविरमा जम्म 3२७ जनाले सेवा लिएको छ भने ती मध्ये ४७ जनाको मोतियाविन्दुको समस्री देखिएको र बनेपामा रहेको रेयुकाई एई मासुनागा आखा अस्पतालमा लागि उपचार गर्नुपर्ने देखिएको नेपाल परिवर्तनशिल समाजको अध्यक्ष क्षेत्र बहादुर वाईवाले जानकारी दिएको छ, ती सबैलाई अस्पतालमा लगि निशुल्क उपचार गरेने अध्यक्ष वाईवाले जानकारी दिएको हो ।
मिल्चे स्वास्थ चौकी खानिखोला ७ धाप्लेमा १२५ जनामा परिक्षण गर्दा १७ जना, महेन्द्र आवसिय बिधालय खानिखोला ७ खोरभन्झायङमा ९२ जनामा परिक्षण गर्दा १३ जना र साल्धारा स्वास्थ्य चौकी खानिखोला ६ देउरालिमा परिक्षण गर्दा १०९ जनामा परिक्षण गर्दा १७ जनामा मोतियाविन्दुको समस्या देखिएको हो ।

उक्त ३ दिने शिविरलाई सम्पन्न गर्नको लागि बनेपामा रहेको वडा नंं ६ का वडाअध्यक्ष वृहस्पति घिसिङ, वडा नं. ७ का राम मोक्तान यस्तै समाजसेवी प्रेम थोकर, प्रकाश वाईवा र प्रदिप आचार्य रेयुकाई एइको मासुनागा आँखा अस्पतालका रेनु बि.क, कविता पट्टेल, गिता धमला, रिभा ज्ञवाली र सलिना बोहाराका साथै मिल्छे स्वास्थ्य चौकिका स्वास्थ्यकर्मीहरु, साल्धारा स्वास्थ्य चौकिका श्रीराम कुमार राम, सुनिता नेपाली, ललिता आचार्य लयायत स्वास्थ्यकर्मीहरु, स्वयसेविका तथा स्थानिय समाजसेवी को विशेष साथ र सहयोग रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...