काभ्रे – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा)को नतिजा अनुसार काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका उत्कृष्ट भएको छ ।
नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को नतिजा अनुसार काभ्रे जिल्लाको १३ वटा स्थानीय तह माध्ये खानीखोला गाउँपालिका उत्कृष्ट हुन् सफल भएका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गुणस्तर परिक्षण पश्चातको अन्तिम नतिजामा समेत काभ्रेपलाञ्चोक जिल्ला भित्रका गाउँपालिकाहरू मध्ये यस खानीखोला गाउँपालिका उत्कृष्ट नम्बरका साथ १ नम्बरमा पर्न सफल भएको हो ।
लिसाले स्थानीय तहहरूको कार्यप्रक्रिया, उपलब्धि र विकास व्यवस्थापनको लेखाजोखा गर्न, सुधारका क्षेत्र पहिचान गर्न तथा स्वस्थ प्रतिस्पर्धाको भावना जगाउन मूल्याङ्कन गरिँदै आएको छ ।






















