काभ्रे – नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री नियुक्त कञ्चनचन्द्र बादेलाई सम्मान गरेको छ ।
सोमबार मन्त्री बादेलाई नेपाली कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकका सभापति एवं बागमती प्रदेशका पूर्वमन्त्री तीर्थ लामा सहित पार्टीका विभिन्न तह र भातृ संस्थाहरूले सम्मान गरेका हुन् ।
नवनियुक्त मन्त्रि बादेलाई नेपाली कांग्रेस जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सभापति दिनेश लामा, प्रदेशसभा क्षेत्र नम्बर १ ‘क’ का सभापति रामबहादुर योञ्जन, प्रदेश सभा क्षेत्र नं १ ‘ख’ का सभापति चन्द्रबहादुर लामा, नेपाल विद्यार्थी संघ काभ्रेलाञ्चोकका सभापति अन्जनराज खतिवडा लगायतले उनलाई सम्मान गरेका हुन् ।
नेपाली कांग्रेस बागमतीका महामन्त्री समेत रहेका बादेले सम्मानपछि आफू व्यक्तिगत नभई पार्टी र संस्थागत कामलाई अघि बढाउने बताउनुभएको छ साथै मन्त्रि बादेले काभ्रेपलाञ्चोक जिल्लासँगै समग्र प्रदेशको विकास आफ्नो प्राथमिकतामा रहेको बताएको छ ।
यस्तै मन्त्रि बादेले नेपाली कांग्रेस काभ्रेपलाञ्चोक सभापति तीर्थ लामा सँगसँगै यात्रा गर्ने प्रतिबद्धता समेत जनाएको छ ।
मन्त्रि बादेलाई सम्मान गर्ने क्रममा पुर्व मन्त्रि एवं नेपाली कांग्रेसका सभापति तिर्थ लामाले जिल्लाको हित र विकासमा काम गर्न अनुरोध गरेका छन् ।
मन्त्रि बादेलाई सम्मान गर्ने कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्यका साथै महाधिवेशन प्रतिनिधिहरू, जिल्ला कार्यसमिति, क्षेत्रीय, नगर कार्यसमितिका साथै भातृ संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको उपस्थिति थियो ।



















