काभ्रे – तेमाल गाउँपालिकाले हाल काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका आफ्ना गाउँपालिकावासी वृद्धवृद्धाहरुका लागि सामाजिक सुरक्षा भत्ता नविकरण कार्यक्रम सम्पन्न भएको छ ।
वडामा आफैं उपस्थित भइ सेवा लिन कठिन हुने वृद्धवृद्धाहरुका लागि मध्यनजर गर्दै गाउँपालिकाले काठमाडौँ उपत्यकामा सञ्चालन गरेको सामाजिक सुरक्षा भत्ता नविकरण शिविरबाट ५ सय ९१ जनाले सेवा लिएका छन् ।
शिविरको उद्घाटन गर्ने क्रममा तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर लामाले आगामी दिनमा समेत यस्ता प्रवाही सेवा कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएका छन् ।
मिति २०८२ साल श्रावण १० गतेदेखि काठमाडौं उपत्यकामा सामाजिक सुरक्षा भत्ता नविकरण तथा अन्य आवश्यक सेवा प्रदान गर्ने कार्यक्रममा काठमाडौंको कुमारीगलमा ६२ जना, जोरपाटीमा ८५ जना, कपनमा ५८ जना, स्वयम्भूमा ७१ जना, कोटेश्वरमा १५२ जना, भक्तपुरको सूर्यविनायकमा ९८ जना र बनेपामा ६५ जना लाभग्राहीहरूले सामाजिक सुरक्षा भत्ता नविकरण सेवा लिएका छन् ।
उक्त कार्यक्रमलाई सफलतापुर्वक सम्पन्न गर्नको लागि पालिकाको पञ्जिकरण शाखा प्रमुख उद्ववप्रसाद पाण्डेको नेतृत्वमा सञ्चालित उक्त शिविरमा नविकरण सेवा प्रदान गर्न रामराज खरेल, इन्द्रबहादुर चिमौरिया र अनिता श्रेष्ठलाई खटाइएको थियो ।




















