काभ्रे – कोरियामा जारी सङनाम कोरिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२५ मा बेथानचोककी तेक्वान्दो खेलाडी रमिला तामाङले स्वर्ण पदक जित्न सफल भएकी छन् ।
कोरियामा जारी देइगु वर्ल्ड युनिभर्सिटी एण्ड छुछेन कोरिया इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपको पुमसे काता अन्तर्गत ३० वर्ष मुनीको उमेर समूहमा उनले कोरियाली खेलाडीलाई हराउदै स्वर्ण पदक जित्न सफल भएकी हुन् ।
नेपाल पुलिस क्लबकी तेक्वान्दो खेलाडी लामाले उपाधि जितेपछि प्रतिक्रिया दिँदै लामाले जितले आत्मविश्वास बढाएको र आगामी दिनमा थप उत्कृष्ट नतिजा निकाल्न मिहिनेत गर्ने बताएकी छन् ।
लामाको जितमा काभ्रेको बेथानचोक गाउँपालिकाले बधाइ व्यक्त गरेको छ । गाउँपालिका अध्यक्ष भगवान अधिकारीले रमिलाको जितले गाउँपालिकाको शान बढाएको प्रतिक्रिया दिएका छन् उनले सामाजिक सञ्जाल मार्फत रमिलाको जित प्रति बधाई व्यक्त गरेका छन् ।
काभ्रेको बेथानचोक गाउँपालिका-५ टाङ्गी टोल निवासी लामा २०७४ सालको एसईई परीक्षापश्चात् नेपाल प्रहरीमा सेवा प्रवेश गरेकी हुन् । लामाले नेपाल पुलिस क्लबमा पनि विभिन्न उपाधि चुमिसकेकी छिन् ।



















