काठमाडौं – नेपाली कांग्रेसका सांसद कान्छाराम तामाङले सरकारबाट पाउने तीन महिनाको तलब सुविधा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बोल्दै रसुवागढीमा आएको बाढीको पुनः निर्माण र राहतको लागि दिने घोषणा गर्नुभएको हो ।
मङ्गलवार रसुवागढीमा आएको बाढीले प्रभावित क्षेत्रमा खर्च गर्नको लागि कोषमा तीन महिनाको तलब जम्मा गर्न प्रधानमन्त्री कार्यालयलाई पत्र पठाएको समितिलाई जानकारी दिनुभएको हो ।


















