काभ्रे – काभ्रे जिल्लाका १३ स्थानीय तहमध्ये १२ स्थानिय तहले बजेट र नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।
असार १० गतेभित्र नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था अनुसार पालिकाहरुले आज बजेट सार्वजनिक गरेका हुन् । केही पालिकाहरुले भने यसअघि नै बजेट ल्याइसकेका थिए ।
पाँचखाल नगरपालिकाले ८२ करोड ५१ लाख ८४ हजार ८ सय २ रुपैयाँको, मण्डनदेउपुर नगरपालिकाले १ अर्ब १० करोड ७५ लाख ४५ हजार ५ सय ५९ रुपैयाँको, बेथानचोक गाउँपालिकाले ६४ करोड ७३ लाख ५ हजार २ सय ४३ रुपैयाँको, रोशी गाउँपालिकाले ७२ करोड ४ लाख ३७ , भुम्लु गाउँपालिकाले ६२ करोड ९१ लाख ३९ हजार, तेमाल गाउँपालिकाले ५३ करोड १२ लाख ६४ हजार ६ सय ४० रुपैंयाको, खानीखोला गाउँपालिका ५२ करोड २३ लाख ३२ हजार ३ सय ५३ रुपैंयाको, चौंरीदेउराली गाउँपालिकाले ६९ करोड ५ लाख ५ हजार र महाभारत गाउँपालिकाले ६० करोड १३ लाख १ हजारको बजेट ल्याएको छ ।
त्यस्तै बनेपा नगरपालिकाले १ अर्ब २४ करोड ६५ लाख १३ हजार २ सय ८६ रुपैयाँ, धुलिखेल नगरपालिकाले असार ५ गते १ अर्ब १८ करोड ४८ लाख ५० हजार रुपैयाँको तथा नमोबुद्ध नगरपालिकाले असार ९ गते नै ८० करोड ७३ लाख २३ हजार १ सय ६० रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।