पेङदोर्जेको शिकार स्थल हालको शिवपुरी राष्ट्रिय निकुन्ज !

प्राग ऐतिहाँसिक काल देखि नैं तामाङहरू काठमाडौँ उपत्यकामा आवद भईसकेको कुरा पुरातत्वविद जनकलाल शर्माले हाम्रो समाज एक अध्ययन नामक पुस्तकमा उल्लेख गर्नु भएको छ। शर्माका अनुसार श्री ५ को सरकार र सोभियत रुस सरकार बीच २०३४ मा भएको साँस्कृतिक सम्झौता अन्तर्गत लेलिनग्राद विश्वविद्यालय पुरातत्व संस्थाका प्राग ऐतिहाँसिक पुरातत्वविद डा. एनातोली याकोब्लेभ भेटेको र नेपाल पुरातत्त्व विभागको संयुक्त अध्ययनको क्रममा बुढानिलकण्ठको दक्षिण पूर्व तिर बानियाँ गाँउ र पण्डित गाँउका बीचमा रहेको धोबीखोलाको किनारामा पाषण युगका ढुङ्गाका हतियारहरू फेला पारेका थिए, जुन हतियारहरू ३० हजार वर्ष पुरानो भएको दावी छ । प्राप्त ढुङ्गाका हतियारहरू मध्ये एक गोवी नमुनाका धार भएको र उक्त ढुंगे हत्तियार मंगोलियाको गोबी भन्ने ठाउँबाट चीन, तिब्बत र हिमालय भएर नेपालको काठमाडौँ सम्म लिएर आउने र प्रयोग गर्ने तामाङहरू नै हुन् भन्ने प्रसंगले पनि तामाङहरू ३० हजार वर्ष पहिले देखि नै काठमाडौँ वरपर बसोवास गर्ने गरेका थिए भन्ने अनुमानलाई पुष्टि गर्दछ ।

हालको शिवपुरी राष्ट्रिय निकुन्ज रहेको भूमि त्यहाँका आदिवासीहरुको परम्परागत प्रथाजन्य भूमि हो । यस अघि यो बन जंगललाई हुर्काउने बढाउने र संरक्षण गर्ने तामाङहरुको आफनै प्रकारको प्रथाजन्य कानुन थियो । उनीहरुले रुख बिरुवा हुर्काउने सीप र ज्ञानलाई प्रथाजन्य मान्यता, आध्यात्मिक विश्वासका साथ अगाडि बढाएका थिए । परम्परागत रुपमा दाउरा संकलन गर्ने काम गरेर उनीहरु नजिकैको शहरको इन्धन खपत गर्दथे । यसका लागि सुकेको रुख पात पतिङगर संकलन गरेर घर पालुवा गाइ, भैसी तथा बाख्राको स्याहार गर्ने गर्दथे । बनमा रहेको जडिबुडीको संकलन, घासको संकलन गर्नू उनीहरुको परम्परागत पेसासँग सम्बन्धित काम थियो ।

बनमा उत्पादन हुने निगूरो, साग तथा तरुल, गिटठा भ्याकुर संकलन गरेर खाद्य पदार्थको जोहो गर्ने गर्दथे । उनीहरुको चिहान डाडा त्यही जंगलमा रहेको हुँदा ती चिहानलाई देवस्थलका रुपमा पुजा गर्ने गर्दथे । यही निकुन्ज भित्र एउटा जामाचो भन्ने डाँडा छ नेवारी भाषामा जामाचो डाँडालाई तामाङ भाषीले जज ज्योहो भनिन्छ । अग्लो डाँडालाई तामाङहरुले पुज्ने गरिन्छ श्रद्दा गरिन्छ । जसलाई ज्योहो भनेर पुजिन्छ । सबै भन्दा ठूलो अग्लो हिमाल सगरमाथालाई ज्योहोगङ हुँदै ज्योमोगङ भनियो त्यसपछि साना अग्लो डाँडालाई जज ज्योहो अहिले जामाचो भएको छ । पछि सरकारले शिवपुरी राष्ट्रिय निकुन्ज घोषणा गरे पछि विभिन्न समस्याहरु आएको स्थानिय तामाङहरुले बताएका छन ।

यो निकुन्ज क्षेत्र भित्र हालको शंखरापुर नपा, बुढानिलकण्ठ नपा, कागेश्वरी नपा, गोकर्णेश्वर नपा,टोखा नपा, नागर्जुन नपा, तार्केश्वर नपा, नुवाकोटको शिवपुरी गापा, ककनी गापा, धादिङको धुनेबेशी नपा सिन्धुपाल्चोकको मेलम्चि नपा पर्छ । यही भुगोल भित्र आज पनि तामाङको घना उपस्थिति छ । मन्जुश्रीले उपत्यकाको पानी फालेर बस्ती बसाल्नु अघि देखि नै उपत्यकाको छेउछाउ मानिसहरु आवाद भईसकेको माथिका प्रमाणहरुले पनि दर्शाउछन । यही भुगोल भित्र आफ्ना सभ्यताको विकास गरेका साँस्कृतिक बाजा डम्फुको निर्माणकर्ता साँस्कृतिक नायक पेङदोर्जेको जन्म र शिकारस्थल यही क्षेत्रमा भएको सहजै अनुमान गर्न सकिन्छ । पेङदोर्जे के थरि भनेर पनि प्रश्नहरु पनि उठाएको पाईन्छ यसको बारेमा यति बुझौ कि पेङदोर्जेको समयमा थरको विकास भईसकेको थिएन जसले गर्दा पेङदोर्जे कुनै थर विशेषको थिएन ।

याम्बु
हालको काठमाण्डौलाई तामाङहरुले याम्बु भनिन्छ । याम्बु यलम्बरबाट पनि बनेको हुन सक्छ । यलम्बरलाई किराँती पहिलो राजा मानिन्छ जुन काठमाण्डौ खाल्डोमा शासन गरेको भनिएको छ । काठमाण्डौ उपत्यका दहको रुपमा थियो मन्जुश्रीले चोभारको डाँडा काटेर पानी बाहिर बगाएको नेपालको इतिहासमा पढ्न पाईन्छ । पानी दहमा नागहरु हुनु स्वभाविकै हो । नागलाई तामाङ भाषीले ङ्याम्बु भनिन्छ । त्यही ङ्याम्बुबाट अप्रभंस स्वरुप याम्बु भएको अनुमान छ । अर्को याङला बु अर्थात हाम्रो खेतबाट याम्बु भएको हुन सक्ने मत पनि बलियो छ । उपत्यकाको धेरै ठाउको नामहरु जस्तै स्वयम्भुलाई तामाङ भाषीले सिम्बु भनिन्छ ।

सिम भनेको चिसो सेपिलो बु भनेको खेत सिम्बु अर्थात सिमखेत । त्यस्तै गरि गोङगबु । गुङला बु वा गङला बु अर्थात बिचको खेत वा डाँडाको खेत । अर्को लुबु । लु भनेको पनि तामाङ भाषामा नाग हो । पानीमा बस्ने नागलाई ङ्याम्बु खेत सिमसारतिर पाखातिर बस्ने नागलाई लु भनिन्छ । नागहरु भएको खेत लुबु । अर्को छ सैबु । नेवारीमा सेँ भनेको मङगोल भोटे बु भनेको खेत । अर्थात मङगोल भोटे खेत । पाटनलाई तामाङले हेराङ भनिन्छ भने भक्तपुरलाई खोपाङ भनिन्छ । कुनै पनि समुदाय जुन भुगोलमा बस्छ त्यही गाउठाउको नामहरु आफ्नै भाषामा बन्छ । उपत्यकाको यी नामहरु तामाङ भाषा र नेवारी भाषामा मिश्रित देखिन्छ ।समाजशास्त्रीहरुको भनाई अनुशार १८०० बर्ष अगाडि तामाङ र नेवारी भाषा एउटै थियो भनिन्छ ।

अंशुबर्मा र भृकुटी
अंशुबर्माको नाम हंसबल भन्ने पनि सुनेको छु । बल भनेको तामाङको एउटा थर हो । उनी बल थरको तामाङ हुन सक्छ । अंशुबर्माको छोरी भृकुटी तिब्बतको राजा श्रङचङगम्पो सँग बिवाह हुनुले तिब्बति राज खानदान र नेपाल खाल्डोको अंशुबर्मा राज खानदान एउटै समुदाय र संस्कृतिको हो भन्ने बलियो आधार भनेको त्यति बेलाको समयमा अन्तर्जातिय विवाह कल्पना बाहिरको बिषय हो । तेमालको राजा रेन्जेन दोर्जे पनि बल थरि हो जो हंसबल(अंशुबर्मा) को खलक हुन सक्छ जो मल्लकालमा विस्थापित भएर तेमालमा पुगेर राज्य संचालन गरेको अनुमान छ ।

उपत्यकाबाट तामाङ बिस्थापित
तामाङहरु उपत्यकाबाट विभिन्न फरक फरक कालखण्डमा विस्थापित भएको इतिहासबिदहरु बताउछन । मुख्यतया मल्लकालमा बिस्थापित भएर हालको पुर्व शैलुङ रामेछाप बाह्र तेमाल र पश्चिममा बाह्र गोर्स्याङ बाह्र लच्याङ नुवाकोट धादिङ तिर पुगेर त्यही सानो प्रशासनिक राज्य निर्माण गरेर बसेको देखिन्छ । काभ्रेको डाँडापारी हालको महाभारत र खानीखोला गाउपालिकामा त राणाकालमा पुगेको प्रष्टै छ ।

डम्फु उत्पतिको किम्बदन्ति
उहिले पेङदोर्जे सिकार खेल्ने क्रममा भाले घोरल(ताङसार)लाई तिरले हान्छ र घोरल असाध्यै आकर्षक खालको थियो तिर लागेको घोरल दर्द सहन नसकि ढल्छ र मृत्युवरण गर्छ । पोथी घोरल वियोगमा छटपटिन्छ । उक्त दृश्यले पेङदोर्जेको श्रीमती ह्रुईसाङ डोल्मो भाव विह्वल हुन्छ उनी दुखी हुन्छ र पेङदोर्जेलाई गुनासो गर्छ यति राम्रो घोरललाई किन मारेको भन्छ लामो समयसम्म उनी दुखि रहि रह्यो । त्यसपछि पेङदोर्जेको मनमा जुक्ति निस्कन्छ र उनले मरेको घोरलको छाला उतारेर सुकाए । त्यसपछि अम्बुसिङ (कोइराला)को हाँगा काटे । त्यसैलाई ताछेर घेरा बनाए ।

त्यसपछि पेङदोर्जे मधेसतिर झरे । त्यहीँबाट कठबाँस लिएर आए । त्यसको ३२ वटा फुर्बा (किला) बनाए । पेङदोर्जेले कोइराला काठको घेरामा घोरलको छाला तन्काए । ३२ वटा किला ठोके । त्यसपछि बजाए । आवाज आयो– ‘प्लाक धुई धुई…, ‘धिङ, धिङ ताक… ।’ हर्ष विभोर हुँदै डम्फु बजाउँदै गीत गाउँदै नाच्न थालेछन् । डम्फुको त्यो मीठो आवाज डाँफेले सुन्यो । डाँफे पनि नाच्न थाल्यो । डाँफे नाचेको देखेपछि पेङदोर्जेले डाँफेको प्रतीक स्वरूप डम्फुको शिरमाथि डाँफे नै बनाए । डम्फु बजाउँदै, गीत गाउँदै र नाच्दै पेङदोर्जे श्रीमतीको नजिक गए । डम्फुको आवाजले श्रीमती पनि खुसी भइन् । यही डम्फुको धुनबाट बन्यो तामाङ सेलो सङगित अनि सेलो नाच । यहिबाट भयो ताम्बाको विकास ।

डम्फु केवल मनोरन्जनको लागि अन्य बाजाहरु मादल, गितार जस्तो साँगितिक बाजा मात्र होईन यसले तामाङ सभ्यतामा तामाङ संस्कृतिको प्रतिनिधित्व गर्छ । यो साँस्कृतिक विशिष्ट महत्व बोकेको ऐतिहासिक बाजा हो । यसको निर्माणको कथा छ । अर्को पक्ष डम्फु गितमा केवल हाँसि ठट्यौलीको गितहरु भन्दा बढि तामाङ ईतिहास र सभ्यताको गीतहरु आउँछ यो ब्रम्हाण्डको शृष्टिको कुराहरु आउँछ ।

पृथ्वी बनेको कुराहरु आउछ जुन वैज्ञानिकहरुसँग मेल खान्छ । वैज्ञानिकहरुको भनाई अनुशार सूर्य आगोको डल्ला थियो र पछि लामपुच्छ्रे तारा आएर सुर्यमा ठोके पछि सुर्य टुक्रा टुक्रा भएर उछिनेको एउटा टुक्रा पुथ्वी बन्यो । पछि पृथ्वीमा मुसलधारे पानी पर्यो र बिस्तारै पृथ्वी सेलाउदै गए पछि जिवको विकास भयो भन्छ । त्यस्तै डम्फु गितमा साछ्या नामछ्याको गित आउँछ जसमा…….

दाङबो तोङबा ह्राङ सिङरि
दोर्जे ग्याडम लुङ छ्याजिम
लुङला थोरि मे छ्याजिम
मेला थोरि क्युई छ्याजिम
क्युईला थोरि सा छ्याजिम
दुल्ला थोरि सा छ्याजिम
ह्रिब्ग्याल लोङबो गङ छ्याजिम
लिङसि लिङसोम गङ छ्याजिम
स्यार लो नुप ज्याङ छोसेरि
डुवारिक डुक म्हि छ्याजिम
तोर्से तेङरि ला छ्याजिम
मारसे होगरि लु छ्याजिम
तोर्से बररि चन छ्याजिम

नेपाली अर्थ
उहिले यो पृथ्वी शून्य थियो
हावामा बज्रको शक्ति उत्पति भयो
हावा माथि आगोको उत्पति भयो
आगो माथि पानीको उत्पति भयो
पानी माथि माटोको उत्पति भयो
माटो भत्किएर डाँडाकाँडा बन्यो
तीन सुरमेरु पर्वतको उत्पति भयो
पुर्व पश्चिम उतर दक्षिण
चार दिशाको उत्पति भयो
यसपछि प्राणीहरुको उत्पति भयो
माथि आकाशमा देवता उत्पन्न भयो
तल पातालमा नाग नागिनिको उत्पति भयो
पृथ्वीमा चन शिकारीको उत्पति भयो

डम्फु स्हेङबाला ह्वाई( डम्फु निर्माणको गित)

आम्मैले होई आम्मैले
तोरतोर ज्योहो ज्योमोलिङरि
सिकार क्लाङबा पेङदोर्जे
ताङसार रादा डाल्सिनाम
ताङसार राला डि छेङसि
अम्बु सिङला घेरोरि
ग्यागर दान्ला पाडप सिङ
बतिसै किला थेरेरे
डम्फु च्यामाम प्लेक प्लेकपा
ह्राप्सि च्यामाम छ्याई दुर्बा

नोट : यो लेख बहसको लागि अघि सारेका हुन यसमा समाजशास्त्रिय मानवशास्त्रिय भाषाशास्त्रिय इतिहासविद र पुरातत्वविदहरुको लागि थप अध्ययनको लागि खुराक बन्न सक्दछ ।

लेखक : सागर लामा जिम्बा (वडाध्यक्ष)
खानीखोला गाउपालिका वडा नं ३ काभ्रे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...