धुलिखेल नगरपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषित !

काभ्रे – धुलिखेल नगपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ ।

आर्थिक बर्ष २०८०/८१ को चैत्र मसान्तसम्मको अवधीमा १६ महिनादेखि २३ महिनासम्मको पाउनुपर्ने खोप ४ सय २८ जना बालबालिकाले लगाएको सुनिश्चित भएपछि खोप सुनिश्चित नगर घोषणा गरिएको हो ।

आइतबार नगरपालिकामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतम, जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख रागिश्री कक्षपति श्रेष्ठले धुलिखेल नगरपालिका प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठलाई पूर्ण खोप सुनिश्चित भएको प्रमाणपत्र हस्तान्तरण गरे ।

प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी, राजनीतिक दलका प्रमुख एवं प्रतिनिधी, वडा अध्यक्ष, स्वास्थ्य संस्थाका प्रतिनिधीहरुको उपस्थितीमा नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगर घोषणा गरिएको हो । यसअघि विभिन्न मितिमा नगरपालिकाका १२ वटै वडा पूर्ण खोप सुनिश्चित घोषणा भइसकेका छन् ।

नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सन्दिप के.सी.का अनुुसार, सबै स्वास्थ्य संस्थाबाट सो उमेर समुहका खोप पाएको प्रमाणित भएपछि घोषणा गरिएको हो । उनका अनुसार, घोषणापूर्व ती स्वास्थ्य संस्थामार्फत घरधुरी सर्वेक्षण समेत गरिएका थिए ।

चैत्र महिनालाई खोप महिनाको रुपमा विभिन्न अभियान सञ्चालन गरिन्छ । घरधुरी सर्वेक्षण सहित खोप पाउन कोही छुटे नछुटेको यकिन गरी सो बर्षलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिन्छ ।

कार्यक्रममा सहभागी सबैले आगामी आर्थिक बर्षमा पनि सबै बालबालिकालाई पूर्ण खोप सुनिश्चित गर्न प्रतिवद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...