खानीखोला गाउँपालिका वडा नं. ३ मा 4G मोबाइल सेवा विस्तार हुदै !

काभ्रे– नेपाल टेलिकमले काभ्रे जिल्लाको भौगोलिक रूपमा अत्यन्त विकट खानीखोला गाउँपालिका अन्तर्गत वडा नं. ३ मा 4G मोबाइल सेवा विस्तार गर्ने भएको छ ।

भौगोलिक रुपमा पिछडिएसँगै सञ्चार सेवा लिनबाट बञ्चित उक्त क्षेत्रहरूमा ग्राहकहरूको मागलाई लक्षित गरी नेपाल टेलिकमले Voice तथा Data सेवाको विस्तारका साथै कतिपय स्थानमा क्षमता अभिवृद्धि तथा गुणस्तर सुधार गर्नको लागि खानीखोला गाउँपालिका वडा नं. ३ मा पर्ने आहाले डाँडामा टावर निर्माण गर्न लागिएको वडाअध्यक्ष सागर जिम्बाले जानकारी दिनुभएको छ ।

उक्त टावर निर्माण सम्पन्न भएसँगै आहाले डाँडामा रहेका साइटहरूमा VSAT प्रविधि लाई Microwave Transmission Link ले प्रतिस्थापन गरी 2G सेवाको गुणस्तर सुधार एवम् क्षमता अभिवृद्धि तथा 4G सेवा सञ्चालन हुने भएको छ ।

सबैको मनमा बस्न सफल लोकप्रिय वडाअध्यक्ष जिम्बाले विगत २ बर्षदेखि निरन्तर प्रयास गरेसँगै खानीखोला गाउँपालिका वडा नं. ३ मा टावर निर्माण प्रक्रिया अघि बडेको हो । सो भेगका साथै नजिकको वडाहरुमा भनेको समयमा सञ्चारको सुविधा लिनबाट बञ्चित भएसँगै अकालमा ज्यान गुमाईरहेको देखेसँगै वडाअध्यक्ष  जिम्बाले टावर निर्माणको लागि निरन्तर प्रयास गरेको बताउनुभएको छ ।

२ बर्ष अगाडि सर्भेको क्रममा जग्गाधनी तिलक बहादुर थिङ(कुमार) को घरमा आहलेको अर्गानिक आलु र दही खाँदै टेलिकमको कर्मचारी नन्द बहादुर कार्की र वडाध्यक्ष सागर जिम्बा

निरन्तरको प्रयाससँगै खानीखोला ३ आहलेमा NTC को 4G टावर राख्नको लागि समाजसेवी तथा जग्गाधनी तिलक बहादुर थिङ(कुमार)  र नेपाल टेलिकम बिच नेपाल टेलिकमको हेड अफिस बबरमहलमा सम्झौता भएको छ ।

भौगोलिक हिसाबले अत्यन्त विकट स्थानहरुमा सेवा सञ्चालन गरेसँगै खानीखोला गाउँपालिका वडा नं. ३ का साथै वडा नं. १ र २ को बस्तीहरु, ४ को माथिल्लो बस्ती र महाभारत गाउपालिकाको वडा नं. २ मा सेवाग्राहीले पनि सेवा लिन सकिने कम्पनीको विश्वास रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...