काभ्रे – खानीखोला गाउँपालिका र नेपाल परिबर्तनशिल समाजको समन्वय र आयोजना तथा रेयुकाइ आँखा अस्पताल बनेपाको प्राविधिक सहयोगमा निशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ ।
काभ्रेको विकट खानीखोला गाउँपालिकामा चैत्र १६ गते खानिखोला गाउँपालिका वडा नं. ३ जुरे र १७ गते खानिखोला गाउँपालिकै वडा नं. ५ तालढुङ्गामा रहेको स्वास्थ चौकिमा बृहत् आँखा शिबिर कार्यक्रम सम्पन्न भएको हो ।
वृहत निशुल्क आँखा शिविरलाई उद्घाटन गर्ने क्रममा प्रमुख अतिथि खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर थिङ “छिन्ताङ” ले निशुल्क आँखा शिविर सञ्चालन गरेकोमा नेपाल परिवर्तनशिल समाजको अध्यक्ष क्षेत्र बहादुर वाईबालाई विशेष धन्यवाद व्यक्त गर्दै बनेपामा लिनुपर्ने सेवा आफ्नै आगनमा आएको भन्दै यस्को भरपुर सेवा लिन समेत आग्रह गर्नुभएको हो ।
यस्तै अध्यक्ष थिङले बिशाल संसारलाई परिचय गराउने ठुलो माध्यमको रुपमा मान्छेको मात्रै नभएर प्राणीको महत्वपुर्ण आँखा भएको र आँखा विनाको हाम्रो जिवन जिवन नै भएको बताउदै खानीखोला गाउँपालिकाले पनि यस्तै निशुल्क शिविर सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि यस्तै शिविर सञ्चालन गर्ने बताउनु भएको छ ।
यस्तै विशिष्ट अतिथि खानीखोला गाउँपालिकाको उपाध्यक्ष दोर्जेमान जिम्बाले मानव जिवनको सबैभन्दा ठुलो अंग भनेकै मान्छेको आँखा भएको बताउदै निशुल्क रुपमा भएको वृहत आँखा शिविरमा सेवा लिन आग्रह गर्दै हाम्रो स्वास्थ्य आफ्नो लागि र समाजको लागि भएको बताउदै सबैजना स्वास्थ रहनु पर्ने बताउनुभएको हो ।
सामाजिक कार्य गर्दै आएको संस्था नेपाल परिबर्तनशिल समाजको अध्यक्ष वाईबाले भौगोलिक रुपमा विकट खानीखोला गाउँपालिका साथै खानीखोला गाउँपालिका आसपासका आखाँको समस्या भएको नागरिकहरु धेरै भएको र उनीहरुले राम्रो स्वास्थ्य उपचार नपाएकै कारण कम उमेरमै आखाँको ज्योति गुमाएर संसार देखिनबाट बञ्चित हुनु परेको अवस्थालाई मध्यनजर गर्दै निशुल्क मोतियाविन्दुको शल्यक्रिया सहित आँखा शिविर सञ्चालन गरेको र आगामी दिनहरुमा महिलाको रोगहरुको साथै ह्वाल बडि जाँचको कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिबद्धता गर्नु भएको छ ।
उक्त निशुल्क आँखा शिविरमा बोल्दै खानीखोला गाउँपालिका वडा नं. ३ का वडाअध्यक्ष सागर जिम्बाले खानीखोला ३ मा स्थानियबासीहरुको सेवा र सुविधाको लागि राखिएको बताउदै उक्त शिविर सञ्चालन गरेकोमा परिवर्तनशिल समाजको अध्यक्ष वाईवालाई विशेष धन्यवाद समेत प्रकट गर्नु भएको छ ।
यस्तै वडाअध्यक्ष जिम्बासँग उक्त शिविरमा सेवा लिन आईपुगेका ९५ बर्षीय खडक बहादुर आलेले आफ्नै वडामा यसरी सेवा लिन पाउदा आफु निकै खुशि भएको व्यक्त गरेको छ ।
२ दिने निशुल्क आखाँ परिक्षण शिविरमा ३०० जनालाई निशुल्क आखाँ परिक्षण तथा औषधी वितरण गरिएको नेपाल परिवर्तनशिल समाजको अध्यक्ष वाईबाले जानकारी दिनुभएको छ ।
वास्तविक असाहयहरुको साहारा बन्दै आएको सामाजिक संस्था नेपाल परिवर्तनशिल समाज नेपालले चैत्र १६ गते खानिखोला गाउँपालिका वडा नं. ३ जुरे र १७ गते खानिखोला गाउँपालिकै वडा नं. ५ तालढुङ्गा रहेको स्वास्थ चौकिमा भएको निशुल्क शिविर कार्यक्रममा ३०० जनामध्ये ६१ जनको मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने देखिएको र ४ जना बिरामीको आँखामा मासु पलाएको भेटिएको बताउनु भएको छ र उनीहरुको हाल बनेपामा रहेको रेयुकाई आँखा अस्पतालमा निशुल्क शल्यक्रिया समेत भईरहेको अध्यक्ष वाईबाले जानकारी दिनुभयो ।
उक्त २ दिने शिविरलाई सम्पन्न गर्नको लागि बनेपामा रहेको रेयुकाई आँखा अस्पतालका रुपेश भुजेल, रेनु बि.क, अनिशा तिमल्सिना, कविता पट्टेल, डाडागाउँ स्वास्थ्य चौकिका प्रमुख रामरतन यादव, जुरे आधारभुत स्वास्थ्य केन्द्रका प्रमुख ग्याल्साङ जिम्बा, तालढुङ्गा स्वास्थ्य चौकिका प्रेम खड्का, ललिता आचार्य लयायत स्वास्थ्यकर्मीहरु, स्वयसेविका तथा स्थानियहरुको विशेष साथ र सहयोग रहेको थियो ।
मोतिबिन्दु पहिचान भएको बिरामीहरु रेयुकाई आँखा अस्पताल बनेपामा