सरकारलाई बालेनले दिए यस्तो कडा चेतावनी, भने सबैलाई टुकुचामा गाडदिन्छु !

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) ले महानगरका कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडिदिने चेतावनी दिएका छन् ।

सोमबार राति सामाजिक सञ्जालमार्फत शाहले अबको एक हप्ता भित्र कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाड्ने चेतावनी समेत दिएका छन् ।

उनले भने, ‘काठमाडौं महानगरपालिकाको सरसफाई कर्मचारीले बिगत ३ महिना देखी तलब पाको छैन, सरकारको दम्भले ! को कोले के के आन्दोलन गर्ने हो, मलाई थाह छैन , अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! त्यो पछी हेरौँला तिमी हरुको के के तन्त्र हो !!’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...