खानीखोला गाउँपालिका र नेपाल परिबर्तनशिल समाजको आयोजनामा बृहत निशुल्क आँखा शिविर हुने !

काभ्रे– रेयुकाइ आखा अस्पताल बनेपाको प्राविधिक सहयोग तथा खानीखोला गाउँपालिकाको सहकार्य तथा नेपाल परिबर्तनशिल समाजको समन्वय र आयोजनामा निशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ ।

काभ्रेको विकट खानीखोला गाउँपालिकामा चैत्र १६ गते खानिखोला गाउँपालिका वडा नं. ३ जुरे र १७ गते खानिखोला गाउँपालिकै वडा नं. ५ तालढुङ्गा रहेको स्वास्थ चौकिमा बृहत् आखा शिबिर हुने नेपाल परिबर्तनशिल समाजको अध्यक्ष क्षेत्र बहादुर वाईबाले जानकारी दिनुभयो ।

सामाजिक कार्य गर्दै आएको संस्था नेपाल परिबर्तनशिल समाजको अध्यक्ष वाईबाले भौगोलिक रुपमा विकट खानीखोला गाउँपालिका साथै खानीखोला गाउँपालिका आसपासका आखाँको समस्या भएको नागरिकहरु धेरै भएको र उनीहरुले राम्रो स्वास्थ्य उपचार नपाएकै कारण कम उमेरमै आखाँको ज्योति गुमाएर संसार देखिनबाट बञ्चित हुनु परेको अवस्थालाई मध्यनजर गर्दै निशुल्क मोतियाविन्दुको शल्यक्रिया सहित आँखा शिविर सञ्चालन गर्न लागिएको बताउनु भएको छ ।

उक्त २ दिन सञ्चालन हुने आखाँ शिविरबाट मोतियाविन्दुको पहिचान भएका आखाँ रोगिहरुको निशुल्क मोतियाविन्दुको शल्यक्रिया समेत हुने अध्यक्ष वाईवाले जानकारी दिनुभएको हो ।

शिविरलाई सफलतापुर्वक सम्पन्न गर्नको लागि स्थानिय समाजसेवी, बुद्धिजिबि, निर्वाचित जनप्रतिनिधि,सामाजिक संघसंस्था तथा स्थानीयहरु उपस्थित भई सेवा गर्ने मौका दिई, सेवा लिई विशेष साथ र सहयोग गरिदिन खानीखोला गाउँपालिका वडा नं. ३ का वडाअध्यक्ष सागर जिम्बाले आग्रह गर्नुभएको छ ।

चैत्र ९ गते नेपाल परिबर्तनशिल समाजको अध्यक्ष क्षेत्र बहादुर वाईबा, खानीखोला गाउँपालिका सरकारको तर्फबाट खानीखोला गाउँपालिका वडा नं ३ का वडाअध्यक्ष सागर जिम्बा र रेयुकाइ आखा अस्पताल बनेपा सहमति पत्रमा हस्ताक्षर भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...