काठमाडौं – नेपालका युवा ज्योतिष आशिष प्रसाद सिंखडा सम्मानित भएका छन् ।
भारतको कोलकातामा ९ तारिकमा भएको २७ औं अन्तर्राष्ट्रिय सम्मेलनमा विश्व ज्योतिष विद्यापीठ र Indian Institute of Oriental Heritage ले नेपालका प्रतिनिधिको रूपमा सहभागी भएका सिंखडालाई पद्म भूषण पदक तथा N.C. Leheri Gold Medal बाट सम्मानित गरेको हो ।
यसरी अन्तराष्ट्रिय रुपमै सिंखडाले सम्मान पाएसँगै अन्तर्राष्ट्रिय ज्योतिष समुदायमा नेपालको गरिमा उच्च बनाएका छन् । नेपालका ज्योतिष क्षेत्रका लागि यो विशेष गर्वको विषय बनेको छ ।
उक्त सम्मेलनमा तमिलनाडु राज्यका गभर्नर रविन्द्र नारायण रवि, कोलकत्ता विधान सभा सदस्य तनमय भट्टाचार्य, उच्च अदालत तथा सर्वोच्च अदालतका न्यायाधीश न्यायमूर्ति संबुद्ध चक्रवर्ती र न्यायमूर्ति प्रताप केआर रोय लगायतको उपस्थिति रहेको थियो भने जगतगुरु शंकराचार्य स्वामी नरेन्द्र नन्द सरस्वती (सुमेरु पीठ, काशी) ले विशेष मन्तव्य राखेका थिए ।
३ दिने चलेको उक्त सम्मेलनमा पश्चिम बंगाल राज्यका अग्नि मन्त्री, तमिलनाडु राज्यका गभर्नर रविन्द्र नारायण रवि, कोलकत्ता विधान सभा सदस्य तनमय भट्टाचार्य, विभिन्न विश्वविद्यालयका कुलपति र उप-कुलपति, विभिन्न देशका राजदूतहरू, उच्च अदालत तथा सर्वोच्च अदालतका न्यायाधीश न्यायमूर्ति संबुद्ध चक्रवर्ती र न्यायमूर्ति प्रताप केआर रोय लगायतको उपस्थिति रहेको थियो ।
पद्म भूषण पदक तथा N.C. Leheri Gold Medal प्राप्त गर्न सफल सिंखडालाई नेपालका सनातन धर्म अनुयायीहरू, ज्योतिष तथा तन्त्रशास्त्रमा रुचि राख्ने तथा विश्वास गर्ने समुदायहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
ज्योतिष सम्बन्धि आशिष प्रसाद सिंखडासँग कुनै पनि परामर्श लिन चाहनुहुन्छ भने यहाँ थिचेर परामर्श लिन सक्नुहुनेछ ।