खानीखोलाको विकासको मुल फुटाउदै पुर्व मन्त्रि तिर्थ लामा !

काभ्रे –वाग्मती प्रदेशका खानेपानी, ऊर्जा तथा सिंचाइ पुर्वमन्त्री तीर्थ लामाको विशेष पहलमा जिल्लाको विकट क्षेत्र डाँडापारीको खानिखोला गाउँपालिका जोड्ने पनौती-खोपासी-कामीडाडाँ- ताल्ढुङ्गा सडक निर्माणका लागि वागमती प्रदेश सरकारबाट १५ करोड र संघबाट १५ करोड गरि समपुरक ३० करोडको प्रस्ताव वाग्मती प्रदेश सरकारको मन्त्री परिषदको बैठकबाट पारित गराएको छ ।

जो जितेर गए पनि उस्तै नै हो भन्ने जनताको मानसिकतालाई चिर्दै र राजनितिको परिभाषा नै परिवर्तन गर्न हिडेका मन्त्रि लामाले खानीखोलाबासीले विगत लामो समय देखि भोगिरहेको सडकको समस्य देखिरहन सकेनन ।

खानीखोलाको भविष्य जोडिएको उक्त सडकको निर्माणको लागि मानानिय लामाले वाग्मती प्रदेश सरकारको मन्त्री परिषदको बैठकबाट पारित गराउन सफल भएका हुन् ।

केहि दिन अघि मात्रै नेपाली काँग्रेस काभ्रेको घुम्ती बैठक खानीखोलामा सम्पन्न गर्न तालढुङ्गामा पुगेको मानानिय लामाले खानीखोला गाउँपालकिाका नेपाली काँग्रेसका क्रियाशिल सदस्यहरु, गाउँ कार्यसमतिकिा पदाधकिारीहरु र पार्टीको तर्फबाट विजय जनप्रतनिधिहिरुको सहभागतिामा अर्न्तक्रियाको क्रममा आफूले जनताको जीवनस्तर उकास्नका लागि राजनीति गरेको आफूले चुनावको समयमा गरेका प्रतिबद्धता नभुलेको बताएका थिए ।

साथै मानानिय पुर्व मन्त्रि लामाले अर्न्तक्रियाको क्रममा आफुलाई अरु जस्तो असम्भव सुरुङ मार्ग बनाउने जस्ता गफ दिन नआउने साथै चाडै पनौति–खोपासी–ताल्ढुङ्गा सडक लगायत अन्य खानीखोला गाउँपालिकामा जोडिएका महत्वपुर्ण १,२ वटा सडकहरु कालोपत्रे गरेर सुरु गर्ने बचनबद्धता गर्नु भएको थियो र उहाँले सो बचनलाई पुरा गर्ने क्रममा आज बसेको बागमति प्रदेश मन्त्रि परिषदको बैठकबाट समपुरक ३० करोडको प्रस्ताव पारित गराउन सफल भएको हो ।

बाग्मति प्रदेश सभा सदस्य लामाको अथक प्रयास र खोपासी कामिडाडा ताल्ढुङ्गा सडक निर्माणका लागि यति धेरै बजेट पार्न सफल भएकोमा खानिखोला बासीहरुको विभिन्न सामाजिक सञ्जाल मार्फत धन्यवाद व्यक्त गरिरहेको छन् ।

उनीहरुले सामाजिक सञ्जाल मार्फतै कल्पनै गर्न नसकिने बजेट छुटाएको र कार्यन्वयनमा आएपछि विकास र समृद्धीको सपना पुरा हुने अपेक्षा समेत राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...