२८६१ सोनाम ल्होछार मेला महोत्सव २०८१ औपचारिक रुपमा सुरु !

काभ्रे – औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालको आयोजनामा आयोजित २८६१ सोनाम ल्होछार मेला महोत्सव २०८१ औपचारिक रुपमा सुरु भएको छ ।

माघ २२ गते सम्म चल्ले महोत्सब  बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले दिप प्रज्वलन गरि औपचारिक रुपमा महोत्सबको उदघाटन गरिएको हो ।

उदघाटन् कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि तथा पदाधिकारी, समाजसेवि, बुद्धिजीवी, पत्रकारका साथै तामाङ समुदाय, गैर तामाङ नेपाली दाजुभाइ तथा दिदिबहिनीको उपस्थिति रहेको थियो ।

महोत्सबमा उपस्थित भै महोत्सब भब्य सफल परिदिनका लागि सम्पुर्ण तामाङ समुदाय, गैर तामाङ नेपाली दाजुभाइ तथा दिदिबहिनी ,विभिन्न संघ संस्थाका प्रतिनिधि तथा पदाधिकारी, समाजसेवि, बुद्धिजीवीलाई उपस्थितिको निम्ति कार्यक्रम संयोजक क्षेत्रबहादुर वाइबाले अनुरोध गरेको छ ।

उदघाटनको अवसरमा आयोजित कार्यक्रम अन्तर्गत धर्मालम्बीहरुको सांस्कृतिक संस्थाहरू (ताम्बा, बोन्बो तथा लामा) गुरुहरूद्वारा विशेष पूजा, सांस्कृतिक झाँकी प्रदर्शन, नृत्य, डम्फू सेलोको प्रस्तुति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...