ह्याङला तामाङ समाजको आयोजनामा माघ १६ गते बृहत सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम हुदै !

काठमाडौं– आफ्नो मौलिक कला, संस्कार ,संस्कृति ,धर्म ,भाषा , परम्परा र पहिचानलाई जोगाइराख्नुको साथै यसको बिकास ,उत्थान, सम्बर्द्धन र प्रबर्द्धन गर्नु पर्छ भन्ने अभिप्रायले स्थापित ह्याङला तामाङ समाजले २०८१ माघ १६ गते बृहत सोनाम ल्होछार साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।

बौद्ध धर्मावलम्बीहरुको साझा एवम महान नेपाली राष्ट्रिय धार्मिक–साँस्कृतिक महान पर्व तथा नयाँ वर्ष सोनाम ल्होछार (मन्जुश्री सम्वत) २८६१ डुल ल्हो (सर्प) बर्षको पावन अवसरमा संविधान सभा सदस्य पुर्व मन्त्रि तथा बागमति प्रदेश सभा सदस्य माननिय तिर्थ लामाको प्रमुख आतिथ्यमा बृहत सोनाम ल्होछार साँस्कृतिक कार्यक्रम हुने भएको छ ।

सोनाम ल्होसार पर्वका अवसरमा आयोजित कार्यक्रम अन्तर्गत धर्मालम्बीहरुको सांस्कृतिक संस्थाहरू (ताम्बा, बोन्बो तथा लामा) गुरुहरूद्वारा विशेष पूजा, सांस्कृतिक झाँकी प्रदर्शन, परम्परागत गीत, नृत्य, नृत्य, डम्फू सेलोको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

कार्यक्रममा गायक तथा संगितकार आर.बि सिङतान, चर्चित हास्य कलाकार कईसाङ रुम्बा, सेलो गायक उत्सब लामा तथा चर्चित गायिका सुस्मिता कटुवालको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

कार्यक्रममा उपस्थित भै कार्यक्रम भब्य सफल परिदिनका लागि सम्पुर्ण तामाङ समुदाय, गैर तामाङ नेपाली दाजुभाइ तथा दिदिबहिनी ,विभिन्न संघ संस्थाका प्रतिनिधि तथा पदाधिकारी , समाजसेवि, बुद्धिजीवी र पत्रकारलाई उपस्थितिको निम्ति अयोजकले अनुरोध गरेको छ ।

हरेक वर्ष सोनाम ल्होसार पर्वका अवसरमा मञ्जुश्री पात्रो अनुसार माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म धर्मालम्बीका समुदायले घर, गुम्बा र सार्वजनिक स्थानमा विभिन्न पूजा–प्रार्थना, पारिवारिक भेटघाट र सांस्कृतिक कार्यक्रम सहित मनाउँछन् ।

ल्होसारलाई तामाङ जातिले काठमाडौँको टुँडिखेलका साथै देशैभरि तामाङ समुदायको बाहुल्य रहेको ठाउँमा तामाङ समुदायका गुरु, मान्यजन लामा, बोम्बो, ताम्बाले विधिपूर्वक पूजा–प्रार्थनाका साथै विभिन्न साँस्कृतिक कार्यक्रम गरि मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...