सोनाम ल्होछारको अवसरमा माघ १६ गते देखि बनेपामा महोत्सव हुने !

काभ्रे – २८६१ डुल सोनाम ल्होछारको अवसरमा व्यापारिक नगरि बनेपामा ल्होछार मेला तथा औद्योगिक महोत्सव हुने भएको छ ।

औद्योगिक मेला महोत्सव प्रतिष्ठान नेपालको आयोजनामा बनेपा नगरपालिका वडा नं. ७ मा रहेको उग्रेश्वर मन्दिरको खाली जग्गामा माघ १६ गते देखि २२ गतेसम्म सोनाम ल्होछार मेला तथा महोत्सव २०८१ हुने भएको हो ।

तामाङ जातिको बाक्लो बसोबास रहेको जिल्लामा सांस्कृतिक रूपमा संरक्षण, प्रचारप्रसार गर्ने र सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउने हेतुले मेला तथा महोत्सव गर्न लागिएको कार्यक्रम संयोजक क्षेत्रबहादुर वाइबाले जानकारी दिनुभएको हो ।

कृषि क्षेत्रको प्रवर्द्धन तथा आधुनिक कृषितर्फ किसानहरुलाई उजागर गराई स्थानिय स्तर तथा स्वदेशमै उत्पादित वस्तु र सेवाको विकास तथा बजार विस्तार गर्न, सम्पूर्ण धार्मिक तथा पर्यटकिय क्षेत्रहरुको प्रचार-प्रसार तथा प्रवर्द्धन गर्न, घरेलु, साना तथा मझौला उद्योगहरुले उत्पादन गरेका वस्तुको वजार प्रवर्द्धनमा टेवा पुर्याउन ग्रामिण क्षेत्रमा उत्पादन हुने हस्तकलाका सामग्रीहरु, सीप मुलक तालिम र तालिमवाट उत्पादन वस्तुको प्रवर्द्धन गर्ने मेलाको मुख्य उद्देश्य रहेको पत्रकार सम्मेलनमा संयोजक वाईवाले जानकारी दियो ।

यस्तै मेलामा लद्यु उद्यम प्रदर्शनी, अटो, कृषि, गार्मेन्ट, जुत्ता–चप्पल, वैकल्पिक उर्जा, पर्यटन प्रबद्र्धन, गुणस्तरीय दैनिक उपभोग्य सामग्री, निर्माण सामग्री, सूचना–प्रविधि तथा विद्युतीय सामग्रीको प्रदर्शनीसँगै शिक्षा तथा स्वास्थ्य क्षेत्रका सेवा, साँस्कृतिक कार्यक्रम, हास्यब्यङ्ग, स्थानीइ पहिचान झल्काउने झाँकी तथा जातिविशेषको नाच प्रदर्शनीका साथै तामाङ समुदायको रहनसहन, भेषभुषा, खानाका परिकार र नृत्यु प्रस्तुत गरिने जनाइएको छ ।

यस्तै बाल उद्यानहरु राखिनुका साथै तामाङ समुदायका रहनसहन, भेषभुषा र खानाका परिकार तथा नृत्य पनि मेलामा प्रस्तुत हुनेसमेत उहाँले जानकारी गराउनुभयो । मेलाको काभ्रे जिल्लाको डाँडापारि क्षेत्रमा उत्पादित कृषिजन्य सामग्रीहरूका प्रदर्शक लगायत झण्डै २ लाख जती अवलोकनकर्ताले अवलोकन गर्ने आयोजकको अनुमान छ । मेलामा जेष्ठ नागरिक र बालबालिकाको लागि प्रवेश निःशुल्क गराउने तयारी रहेको पनि कार्यक्रममा जानकारी दिइएको छ ।

 

प्रेस विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...