खानीखोला–३ मा कांगे्रसको १०० दिने बिशेष अभियान भब्यताका साथ सम्पन्न !

काभ्रे –  नेपाली कांग्रेस खानिखोला गाउँपालिका ३ नम्बर वडा कार्य समितिले १०० दिने विशेष अभियान अन्तर्गत वडा सम्मेलन तथा कृयाशिल प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको परिपत्र र जिल्ला कार्य समितिको निर्देशन बमोजिम यहि पौष ५ गते भाङ्टार टोलबाट सुरु गरि माघ २ गते धनमाना टोलमा भब्य कार्यक्रम गरि सम्पन्न गरेको हो ।

सो अभियानलाई भव्य रुपमा सफल पार्नको लागि जिल्ला सदस्य तथा जिल्ला प्रतिनिधि चित्र गोले ज्युको प्रमुख आथित्यमा,खानिखोला गापाका सभापति तथा उपाध्यक्ष दोर्जेमान जिम्बाको विशिष्ट अतिथिमा सो कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा नेपाली कांग्रेस खानीखोला गाउँपालिकाको कोषाध्यक्ष रुपेश लोप्चन, ७ न वडा सभापति तथा पुर्ब वडा अध्यक्ष छेत्रमान घ्याबा,पालिका कार्य समिति सदस्य कान्छालाल थिङ, वडा उपसभापति रुप किङरिङ मगर ,वडा कोषाध्यक्ष प्रशान्त किङरिङ, निर्बाचित वडा सदस्य जित बहादुर घिसिङ लगायतले सम्बोधन गर्नु भयो ।

सो कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथी चित्र गोले ज्युले ३ न वडामा काङ्ग्रेस बलियो भयो भने मात्र खानिखोला काङ्ग्रेस बलियो हुने बताउनुको साथै काग्रेंसमा लामबद्ध सबैमा अबको सङ्घिय प्रदेशबाट बजेट ल्याउन काङ्ग्रेस सभापति डम्बर घिसिङको अगुवाइमा बैठक बसि योजना छनोट गरि ल्याउन निर्देशन पनि दिनु भएको हो ।

साथै सो कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उपाध्यक्ष तथा पालिका सभापति दोर्जेमान जिम्बाले पालिका सरकारले गर्नु पर्ने काममा कुनै कसर बाँकी नराखी जनताको पक्षमा काम गर्ने बताउनु भयो । कार्यक्रम वडा सभापति एवम खानिखोलाको युवा नेता डम्बर घिसिङको सभापतित्वमा र सञ्चालन वडा सचीव नेमा बलले गर्नु भएको थियो।

उक्त अभियानलाई सफल पार्नको लागि नेपाली कांग्रेसका सो वडाका क्रियाशिल सदस्यका साथै कांग्रेसमा आस्था राखेका स्थानीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...