तेमालका अध्यक्षको पहलमा भकुन्डेबेसीबाट तेमाल–खैरेनी–सित्खा सडक संचालनमा

काभ्रे – भकुन्डेबेसीबाट तेमाल खैरेनीबाट सित्खा सडक आजबाट संचालनमा आएको छ ।

अविरल वर्षाका कारणले अवरुद्ध भएको काभ्रेको भकुण्डेवेशीबाट तिमाल खैरेनीहुँदै मध्येपहाडी राजमार्ग भएर रामेछापको सित्खा पुलबाट सुनकोशी नदी पार गरि बीपी राजमार्ग निस्कने छोटोदुरीको वैकल्पिक सडक आजबाट संचालनमा आएको हो ।

तेमाल गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र पालिकाका कार्मचारीको सक्रियतामा सिविबार साँझसम्ममा सडक सरसफाइ तथा मर्मत गरेर सञ्चालनमा आएको हो । भकुन्डेबेसीबाट तेमाल खैरेनीबाट सित्खासम्म करिब ३५ किलोमिटर र सित्खाबाट खुर्कोट २० किलोमिटर दुरी रहेको छ ।

बाढी पहिरोको कारण तेमाल गाउँपालिकाका वडा जोड्ने सबै सडकमा क्षति पुगेको छ, भने तेमालबाट काठमाडौँ जोड्ने सडकमा डाँडागाउँ र बोहोरेदोभान बाट पर्सेल जोड्ने सडक पनि अवरुद्ध भएको थियो ।

यो सडक पनि आतबारदेखि नै सञ्चालनमा ल्याउने गरि काम गरिएको अध्यक्षको सचिवालयले जानकारी दिएको छ ।भकुण्डेवेशीबाट बीपी राजमार्ग भएर खुर्कोट पुग्न ५९ किलोमिटर छ भने तिमाल हुँदै खुर्कोट पुग्न ५५ किलोमिटर मात्रै छ ।

यता बीपी राजमार्ग अन्तर्गत नेपालथोक–धुलिखेल खण्डमा अस्थायी सडक निमाण जारी छ । तेमाल गाउँपालिका अध्यक्ष चन्द्र लामा सहितको टिम अहिले फिल्डमा खटेर जनताको दुखमा साथ दिइरहेका छन् ।

गत साताको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर वी.पी राजमार्गमा करिब ७ सय सवारी साधन अलपत्र अवस्थामा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

कार्यालयकी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काका अनुसार, बि.पि. राजमार्ग अन्र्तगत बैकल्पिक राजमार्ग हालसम्म पूणर् रुपमा सुचारु भएको छैन । मंगलटारबाट रोशी खोला पार गरी तेमाल गापा वडा नं. ७ काल्धारा, मेटोल, कुरुबास, काङलिङ, पोखरी नारायणस्थान, कानपुर, भकुण्डे हुँदै धुलिखेलतर्फ केही फसेका सवारी साधन आइपुगेको तेमाल गाउँपालिकाका अध्यक्ष लामाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...