काभ्रे – गत साताको अविरल वर्षासँगै आएको बाढीपहिरोले महाभारत गाउँपालिकाको सडकखण्डहरुमा क्षति पु–याएपछि गाउँपालिकाले वैकल्पिक व्यवस्था गरी तत्कालका लागि डिजेल आपूर्तिको व्यवस्था गरेको छ ।
अविरल वर्षाको कारणले क्षति भइ अवरुद्ध भएका गाउँपालिका भित्र रहेको सडक खण्डहरु पुनर्निर्माण, सरसफाई तथा मर्मतका लागि डिजेल पु–याइसकेको छ ।
गाउँपालिका सम्म पुग्ने सडकहरु बाढीपहिरोका कारण क्षति भएको ३ हजार लिटर डिजेल नेपाली सेनाको हेलिकोप्टरमार्फत ढुवानी गरी गाउँपालिका पु–याइएको छ । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा आइतबार डिजेल लिएर देविटार पुगेको थियो ।
अध्यक्ष जिम्बाको निरन्तर प्रयास पछि केहि दिन अगाडी देखि नै डिजेल गाउँपालिकामा लैजाने कोसिस भए पनि मौसम खराबका कारणले ढिलाईको हो ।
पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई गाउँपालिका अध्यक्ष जिम्बाले बाटो खोल्न तीन हजार लिटर तेल हेली मार्फत त्यस ठाउँमा पुर्याइदिन आबस्यक पहल गरिदिन समेत आग्रह गरेका थिए ।
बिपी राजमार्ग देखि महाभारत गाउँपालिका सम्म र गाउँपलिकाको सबै वडाको सडकहरु पुनर्निर्माण भइरहेको छ, दशै अगाडी नै संचालनमा ल्याउने तयारी भइरहेको अध्यक्ष जिम्बाले बताए ।
गाउँपालिका अध्यक्ष जिम्बाले आज हेलिकोप्टरमार्फत ३ हजार डिजेल गाउँपालिका पु–याउन, महाभारत गाउँपालिकामा रहेको नेपाल टेलीकमको सबै टावरहर संचालन गर्न, रोशी खोलामा हिम पायप पु–याउन र नेपाल विद्युतको निर्माण सामाग्री ल्याउने काम गरेका छन् । ग्लोबलखबर्सबाट