काठमाडौं – मनसुन बाहिरिन ढिला हुँदा यस पटकको दशैँको टीकाको दिनमा पनि वर्षा हुनसक्ने मौसमविद्ले अनुमान गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले नेपालबाट मनसुन नबाहिरिएकाले दशैँको समयभरि नै केही ठाउँमा वर्षा हुने सम्भावना रहेको बताए ।
उनले ठूलो पानी पर्ने सम्भावना नदेखिए पनि दशैँ अवधिभर पनि मनसुन सक्रिय रहने भएकाले हल्कादेखि मध्यम वर्षा भइरहने बताए ।
महाशाखाले तीन दिनको मात्रै पूर्वानुमान गर्ने भएकाले दशैँको टीकाको दिन के हुन्छ भनेर अहिले भन्न नसकिने तर मनसुनी प्रणाली सक्रिय रहेकाले हल्कादेखि मध्ययम वर्षा हुन सक्ने बताएको छ ।