काभ्रे – लगातारको वर्षापछि आएको बाढीपहिरोबाट प्रभावित भएकालाई राहत सामग्री वितरण गर्न नेपाली कांग्रेस खानीखोलाको नेतृत्वमा बाढी पिडितको घाउमा मलम लगाउने कार्यको सुरुवात भएको छ ।
बागमति प्रदेशका पुर्व मन्त्रि माननीय तिर्थ लामा ज्यू ले गर्नु भएको पहलमा नेपाली कांग्रेस खानीखोलाका अग्रज तथा युवा नेताहरुको सक्रियतामा क्षत विक्षत अवस्थामा रहेको पनौति नगरपालिका वडा नं. ९ मा पर्ने मल्पि/सुकुम्बासी टोल नामले परिचित गाउँमा पुगि राहत वितरण गरेको हो ।
बाढी तथा पहिरो पीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले खानीखोलाको नेपाली कांगेसको जुजारु युवा तथा बुद्धिजिबिहरुको टोलि राहत बोकेर बाडि प्रभावित क्षेत्र काभ्रेको पनौति नगरपालिका वडा नं. ९ मल्पि/सुकुम्बासी टोलमा पुगेको हो ।
बाढी र पहिरोको कारण घरबार विहिन भएका ३५ स्थानीय घरधुरीलाई खानीखोलाका अग्रज तथा युवा नेताहरुको टोलिले प्रतिघर १ बोरा चामाल,१ प्याकेट नुन, १ लिटर तेल र १ किलो दाल वितरण गरेको छ साथै स्थानीयहरुको जनजिविका सरल नहुञ्जेल सम्म आगमी दिनमा सहयोगको कार्यक्रम जरिराख्ने नेपाली कांग्रस खानीखोलाका सचिव क्षेत्र बहादुर वाईवाले प्रतिबद्धता समेत जाहेर गर्नुभएको छ ।
राहत वितरणमा छुटेका ८ घरधुरीलाई भोलि नै राहत सामाग्री उपलब्ध गराउने पुर्व वडाअध्यक्ष घ्याबाले बताउनु भएको छ ।
राहत वितरण कार्यलाई सहज बनाउनको लागि नेपाली कांग्रेसका जिल्ला सदस्य लाल बहादुर थिङ, युवा नेता तथा खानीखोला कांग्रेसका सचिव क्षेत्र बहादुर वाईवा, खानीखोला गा.पा वडा नं. ७ पुर्व वडाअध्यक्ष तथा वडा सभापति क्षेत्रमान घ्याबा, युवा नेता सहकुल तिमल्सिना, ६ का वडा सभापति च्यापासाङ रुम्बा, ६ का उपासभापति गम्भिर सिं, वडा नं. १ का सभापति श्याम ब्लोन, तरुण दलका जिल्ला सदस्य प्रदिप आर्चय र युवा नेता तथा नेविसंघ काभ्रेका कोषध्याक्ष प्रकाश वाईबा, पेमा लामा तथा स्थानियहरुको बाग्लो उपस्थिति रहेको थियो ।
राजनितिको परिभाषा बदल्न राजनितिमा होमिएका माननिय तिर्थ लामाले चालेको कदमको लागि स्थानिय बाढी पिडितले खुलेरै प्रशंसा समेत गरेका छन् । यतिबेला मानानिय लामा आफ्नो निर्वाचन क्षेत्रमा पुगि राहत वितरण तथा उद्धार कार्यमा तिब्र रुपमा खटिरहनु भएको छ ।
साथै लामाले स्थानीय बाढी विस्थापितहरुलाई पुनस्थापनाको लागि आफु सम्बन्धित क्षेत्रको जनप्रतिनिधि भएको हैसियतले कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता गर्नुभएको छ ।