खानीखोला सरकारद्धारा भव्य रुपमा मनाईयो संविधान दिवस २०८१ !

काभ्रे – खानिखोला सरकारद्वारा तालढुङ्गामा संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ हर्षोल्लासका साथ मनाइएको छ ।

कार्यक्रमको प्रमुख अतिथिको रूपमा खानिखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङ (छिन्ताङ) को उपस्थितिमा भव्य रुपमा सम्पन्न  भएको छ ।

नेपाली जनताको सात दशक लामो सङ्घर्ष, बलिदान र जनआन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट वि.स. २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो।

पैँतिस भाग ३०८ धारा र ९ अनुसूचीमा लिपिबद्ध नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत पक्षलाई आत्मसात गरेको संविधानले लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने अठोट गरेको छ ।

सरकारले संविधान जारी भएको उक्त दिनलाई प्रत्येक वर्ष संविधान दिवस तथा राष्ट्रिय दिवसका रूपमा मनाउँदै आएको छ ।

कार्यक्रममा उपाध्यक्ष दोर्जेमान जिम्बा, निमित प्रमुख प्रशासकीय अधिकृत रामपुकार यादव , प्रशासन शाखा प्रमुख रामकृष्ण अर्याल , इन्जिनियर जीवन राज अर्यालका साथै सातै वडाको वडाअध्यक्षहरुको उपस्थित रहेको थियो ।

यस्तै कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नको लागि विभिन्न पार्टिका नेता तथा शुभचिन्तकहरुको उपस्थित रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...