काभ्रे – प्रदेशस्तरमा सञ्चालन भइरहेका सवारी चालक अनुमति पत्रको लागि दिइएको ट्रायल पास हुनेहरूले पाउने रसिदमा फोटो र क्युआर कोड राखिने भएको छ ।
यातायात व्यवस्था विभागले वितरण गर्दै आएको सवारी लाइसेन्सको स्मार्ट कार्ड इमरजेन्सीबाहेक नछाप्ने निर्णय गरेपछि तत्कालका लागि प्रदेश मन्त्रालयअन्तर्गतका यातायात कार्यालयहरूले ट्रायल पास हुने व्यक्तिले पाउने रसिदमा सम्बन्धित व्यक्तिको फोटो र क्युआर कोड राख्ने निर्णय गरेको हो ।
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवराज रिजाललका अनुुार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रदेश सरकारका प्रतिनिधिसहितको बैठकमा निर्णय भएअनुसार तत्कालै उक्त व्यवस्था लागू गर्न लागिएको हो ।
सातै प्रदेशका ४३ स्थानमा रहेको ट्रायल सेन्टरबाट दैनिक ५ देखि ६ हजारले ट्रायल पास गरिरहेका छन् ।