बेथानचोकमा अन्धोपन निवारण तालिम !

काभ्रे – काभ्रे जिल्लाको बेथानचोक गाउँपालिकामा एकै दिन दुई कार्यक्रम सम्पन्न भएको छ । आज ९बिहीबार० महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई अन्धोपन निवारण तालिम र आँखा शिविर कार्यक्रम सम्पन्न भएको हो ।

गाउँपालिकामा सम्पन्न महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई अन्धोपन निवारण तालिमको उद्घाटन गाउँपालिका उपाध्यक्ष तारा रानाले एक समारोहका बिच गरेका थिए । कार्यक्रममा सबै वडाबाट महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष रानाले आँखा मानिसको अत्यन्तै संवेदनशील अङ्ग भएकोले यसको सुरक्षा गर्नुपर्नेमा जोड दिए । आँखा अन्धो भयो भने जीवनमा निक्कै समस्या पर्ने उल्लेख गर्दै उपाध्यक्ष रानाले समस्या आउनु अगाडि नै सतर्क हुनुपर्ने बताए ।

अन्धोपन निवारणको लागि आजैदेखि सबै जना लाग्न उनले अनुरोध गरे । कार्यक्रमको सहजीकरण वरिष्ठ आँखा स्वास्थ्य प्रशिक्षक विमल पौडेलले गरेका थिए । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत विश्वनाथ दाहाल लगायतका सहभागी थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...