काठमाडौँ – ममता काफ्लेकी आमा र दाजु अमेरिका पुगेका छन् । उनीहरुले सानी ममता अर्थात् निमालाई भेट गरेका छन् । गोपनीयताको कारण बसोबास गर्ने स्थान भने नखुलाईने बताईएको छ ।
सानी ममताले आफ्नी हजुरआमा र मामालाई भेटेकी छिन् । अगस्ट १ देखि देखि नै बेपत्ता भएकी भनिएकी ममता काफ्लेसंगै काम गरेकी र ममताको खोजमा अहोरात्र निरन्तर र बुलन्द आवाज उठाई रहेने स्वास्थ्य परिचारिका (नर्स) सुनिता बस्नेत ,उनीहरुलाई अमेरिका लैजान र कानुनी प्रक्रियामा सहयोग गर्ने डिसी क्षेत्रकी महिला अधिवक्ता बन्दिता शर्मा दाहाल तथा ममताको न्यायको लागि दिनरात खट्ने अर्की स्वास्थ्य परिचारिका बिना खड्का लामाले अगस्त २८ का दिन करिव ३ देखि ३:३० बजे दिउसो ममताकी आमा र दाजु अमेरिका आएको आ-आफ्ना सामाजिक संजाल(फेसबुक) मार्फत सार्वजनिक गरेका थिए ।
बिना खड्का लामाले अन्ततः हजुरआमा र मामासँग भेट भयो मिनी ममताको भन्दै खुसी व्यक्त गरेकी छिन् । उनले अधिवक्ता बन्दिता शर्मा दाहाल लगायत यस अभियानमा संलग्न हुने सबैलाई धन्यवाद दिएकी छिन । साथै उनले माया र समर्थनको लागि सबै समुदाय प्रति कृतज्ञ भएको जनाएकी छिन् ।
त्यस्तै अधिवक्ता बन्दिता शर्मा दाहाले ममताकी आमा र दाजुको “मिनी ममता” सँग पुनर्मिलन भएको सार्वजनिक गरेकी छिन् । अधिवक्ता बन्दिता शर्मा दाहालले समुदाय र संचारमाध्यमलाई उनीहरूलाई गोपनीयता दिन अनुरोध गरेकी छिन् ।
अधिवक्ताले उनीहरूले सहज महसुस गरेपछि बोल्नेछन्। हामी यस समयमा उनीहरूको स्थान खुलासा गर्दैनौं। उनीहरु अकल्पनीय पीडामा छन् । र उनीहरु प्रति दयालु हुन् समेत आग्रह गरेकी छिन् ।
त्यस्तै स्वास्थ्य परिचारिका सुनिता बस्नेतले पनि आफ्नो सामाजिक संजालमा मिनी(ममता अर्थात् ममताकी आमा र दाजुसँग पुनर्मिलन भन्दै हर्ष व्यक्त गरेकी छिन् । बस्नेतले पनि गोपनीयताको कारण कुनै थप जानकारी प्रदान नगरिएको बताएकी छिन् ।
यता ममता अझै फेला परेकी छैनन । उनका पति नरेश भट्टले हत्या गरेको स्वीकार गरेका छैनन् । तर मनासस पार्क प्रहरीले भट्टलाई शव लुकाएकोमा हत्याको अभियोग लगाएको छ ।
बिहिबार ,अगस्त २९ ,पति नरेश भट्ट अदालतमा बिहान हाजिर हुनेछन् । गत हप्ता उनको धरौटी अस्विकार गरिएको थियो ।