काभ्रे – खानीखोला गाउँपालिका वडा ३ र ४ मा एक घर एक धारा कार्यक्रम अन्तर्गत धारा निर्माण सम्पन्न भई खानेपानीको उद्घाटन गरिएको छ ।
खानीखोला गाउँपालिका र नेवा संस्थाको साझेदारीमा खानीखोला गाउँपालिका र नेवा संस्थाको साझेदारीमा ‘एक घर, एक धारा खानिखोला सरकारको अभियान’ अन्तरगत धारा निर्माण सम्पन्न भएको हुदा उक्त खानेपानीको उद्घाटन गाउँपालिका प्रमुख ईन्द्र बहादु्र थिङ (छिन्ताङ)द्वारा गरिएको छ ।
डाँडागाउँ खानेपानी उपभोक्ता समिति र नेवा खानेपानी उपभोक्ता समितिको आयोजनामा खानीखोला गाउँपालिका वडा नं. ३ र ४ स्थित डाँडागाउँ र भाङटारमा एक घर एक धारा सम्पन्न भएको उपलक्षम आइतबार एक कार्यक्रमका साथ उद्घाटन गरिएको हो ।
प्रमुख अतिथी गाउँपालिका अध्यक्ष थिङले रिवन काटेर त्यस्तै गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष निशान मोक्तान,बुद्धि बहादुर स्याङतान र सागर जिम्बाले धारामा पानी पिएर उद्घाटन गरेका थिए ।
उपभोक्ता समिति अध्यक्ष कान्छा जिम्बाको सभापत्त्विमा भएको सो कार्यक्रममा प्रमुख अतिथि खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ), अतिथिहरुमा नेकपा माओवादी केन्द्रका जिल्ला सचिव दैबलाल घिसिङ, वडा ३ अध्यक्ष सागर लामा, वडा ४ का अध्यक्ष निशान मोक्तान , वडा ५ का अध्यक्ष बुद्धिबहादुर स्याङ्तानको विशेष उपस्थिति रहेको थियो ।
त्यस्तै, राजन अधिकारी, होम बहादुर वाइबा, टीका थिङ, जीवन घिसिङ, राम पुकार यादब, श्याम लोप्चनको पनि सहभागिता रहेको थियो ।