पूर्व डीआईजी रमेश खरेल विरुद्ध युवराज सफलले गरे अख्तियारमा उजुरी !

काठमाडौं- नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सामाजिक अभियन्ता युवराज सफलले खरेलविरुद्ध आइतबार उजुरी दर्ता गरेका हुन् ।

कानुनले वास्तविक सुराकीकर्तालाई सुराकी गरेवापत निश्चित रकम प्रोत्साहनबापत दिने व्यवस्था गरे पनि खरेलले विभिन्न जिल्लामा हुँदा लाखौ सुराकी रकम कमिसन लिएको अभियान्ता सफलको आरोप छ ।

पूर्व डीआइजी खरेलले ‘सुराकी वापत कमिसन खाएँ’ भन्ने अभिव्यक्ति दिएकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै खरेलले विभिन्न जिल्लामा हुँदा आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरी हाकाहाकी सुराकी रकम लिएको उनले बताएका छन् ।

कानुनले वास्तविक सुराकीकर्तालाई सुराकी गरेवापत निश्चित रकम प्रोत्साहनस्वरुप दिने व्यवस्था गरे पनि खरेलले आफ्नी श्रीमतीलाई नक्कली सुराकी खडा गरेर रकम लिएको आरोप सफलले लगाएका छन् ।

‘पूर्वडीआईजी रमेश खरेलविरुद्ध अहिले भर्खरै नक्कली सुराकी श्रीमतीलाई लाखौँ सुराकी कमिसन दिएकाले अनुसन्धान गरि आवश्यक कारबाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय ,टंगालमा उजुरी दर्ता गरेको छु’, युवराजले भनेका छन्, ‘२०४६ सालपछि नक्कली सुराकी खडा गरि करोडौं रुपैयाँ कमिसन खानेहरूबाट रकम असुल गरि राज्यकोषमा ल्याउन मागसमेत गरेको छु ।’

खरेलले यसअघि साउन २९ मा प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका थिए ।

घिसिङले दुई कार्यकाल विद्युत् प्राधिकरणको प्रबन्धक निर्देशकका रुपमा काम गर्दा भ्रष्टाचार गरेको भन्दै उनले उजुरी दिएका थिए । कुलमानले राज्यलाई करोडौँ रुपैयाँ घाटा हुने गरी विद्युत्‍को पीपीए गरेको जिकिर खरेलको थियो ।

कुलमानले आफ्नो कार्यकालमा ६६ कम्पनीसँग पावर पर्चेज एग्रिमेण्ट (पीपीए) गर्दा कानुन मिचेको जिकिर खरेलले गरेका थिए । त्यसक्रममा राज्यलाई १ करोड १७ लाख २६ हजार ५२० रुपैयाँ राजस्व घाटा भएको जिकिर पनि उनले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...