क्यानडामा डेरा र रोजगारी पाउन कठिन, विद्यार्थीलाई दूतावासले यस्तो सुझाव !

काठमाडौं – क्यानडामा डेरा र रोजगारीको अवसर कठिन हुँदै गएकोले सचेत हुन नेपाली दूतावासले आग्रह गरेको छ ।

पढ्नका लागि क्यानडा जाने तयारीमा रहेका विद्यार्थीहरुलाई बस्ने ठाउँ लगायत सबै कुराको जानकारी लिएर मात्र जान दूतावासको आग्रह छ ।

अहिले विश्वभरबाट क्यानडा जाने विद्यार्थीको सङ्ंख्या बढिरहेकोले डेरा र रोजगारी पाउने अवसर कठिन हुँदै गएको दूतावासले जनाएको छ । अध्ययन गर्ने कलेज रहेको शहर, खर्च र विषयका बारेमा पूर्ण जानकारी लिन पनि दूतावासले सुझाव दिएको छ ।

क्यानडा जानुअघि नै त्यहाँ रहेका आफन्त, साथीभाइ, सम्बन्धित शहरका एनआरएनए लगायत प्रवासी नेपालीका सङ्घसंस्था तथा रोजगारीका सम्भावनाका बारेमा पनि जानकारी लिन दूतावासले भनेको छ ।

नयाँ विद्यार्थीलाई स्थानीय हावापानी, जीवनशैली, भान्साको कामको तौरतरिका सबै जानकारी लिन पनि दूतावासले सुझाव दिएको छ । यसअघि पनि दूतावासले क्यानडामा विद्यार्थीले जानेबित्तिकै रोजगारी पाइन्छ भन्ने भ्रममा नपर्न भनेको थियो ।

यस्तै, दूतावासले जारी गरेका सूचना ( वेबसाइट, फेसबुक पेजमा उपलब्ध छन्) लाई ध्यान दिने, अध्ययन गर्ने कलेज रहेको सहर, खर्च र विषयका बारेमा पूर्ण जानकारी लिन सुझाव दिइएको छ ।

केही कलेजहरूले अतरंजित प्रचारप्रसार गर्ने भएकोले त्यसमा भरपर्दा समस्यामा पर्ने भएकोले पर्याप्त जानकारी लिन दूतावासले सुझाएको हो ।

यस्तै,  क्यानडा जानुअघि नै त्यहाँ रहेका आफन्त, साथीभाइहरु, पूर्वविद्यार्थीका सामाजिक सञ्जालका ग्रुप, सम्बन्धित सहरका एनआरएनएलगायत प्रवासी नेपालीका संघसंस्थाका साथ रोजगारीका सम्भावनाका बारेमा पनि जानकारी लिनु दूतावसाले सुझाव दिएको छ ।

नयाँ विद्यार्थीलाई स्थानीय हावापानी, जीवनशैली, भान्साको कामको तौरतरिका सबै जानकारी लिएर आउन भन्दै दूतावासले अभिभावकलाई पनि  अध्ययन, आवास र खानेबस्ने खर्चको उचित प्रबन्ध मिलाएर मात्रै पठाउन सुझाव दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...