अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च बिन्दुमा, आज फेरि बन्यो सर्वाधिक महँगो

काठमाडौं – अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमय दर एक सय ३४ रुपैयाँ ६३ पैसा तोकेको छ । यो बिक्री दर हो । यसअघि हिजो एक अमेरिकी डलरको बिक्री दर एक सय ३४ रुपैयाँ ४६ पैसा रहेको थियो ।

हिजोको तुलनामा आजको बिक्रीदर १७ पैसाले धेरै हो । पछिल्लो हप्ता अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ कमजोर बन्दै गएको छ । विश्व बजारमा डलरको माग बढिरहेकोले भाउ पनि बढेको हो ।

डलरको भाउ बढेसँगै भारतीय रुपैयाँ हुँदै नेपाली मुद्राको भाउ घटेको हो । पछिल्ला केही दिन यता डलरको तुलनामा भारतीय रुपैयाँ पनि अवमूल्यन हुँदै आएको छ ।

नेपाली रुपैयाँ र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर छ । भारतीय रुपैयाँको विनिमय दर घटबढ भए नेपाली रुपैयाँमा यसको प्रत्यक्ष प्रभाव पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...