काठमाडौं – सहकारी छानबिन विशेष समितिले सहकारी ठगीमा संलग्न देशबाहिर रहेकाले उनीहरुलाई नेपाल ल्याउन गृहमन्त्रीलाई निर्देशन दिएको छ ।
समितिको सोमबार बसेको बैठकले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेका जीबी राईसहित १८ जनालाई तत्काल स्वदेश फर्काउन निर्देशन दिएको हो ।
आज बसेको समितिको बैठकले गृहमन्त्री रमेश लेखक तथा गृहसचिव एकनारायण अर्यालसँग छलफल गरेपछि देशबाहिर फरार भएका १८ जनालाई स्वदेश फर्काउने व्यवस्था गर्न निर्देशन दिएको हो ।
बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारीको रकम अपचलनमा मुछिएका १८ जनालाई खोज्न, स्वदेश फर्काउन र छानबिन प्रक्रियामा सघाउन गृहमन्त्रीलाई निर्देशन दिएको जानकारी दिनुभयाे ।
उहाँले सानोपाइला, सहारा, सूर्यदर्शन, स्वर्णलक्ष्मी, हाम्रो नयाँ कृषि, सुप्रिम र समानता सहकारीको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिनको दायरामा रहेका जीबी राईलाई स्वदेश फर्काउन निर्देशन दिएको बताउनुभयाे ।
यि हुन सहकारी ठगेर विदेशश भागेका १८ जना
१. जीबी राई -सूर्य दर्शन सहकारी, पोखरा
२. भरत महर्जन – सुमेरू सहकारी, ललितपुर
३. राजमाया महर्जन – काठमाडौं
४. सचिन महर्जन – काठमाडौं
५. सरला महर्जन – ललितपुर
६. ज्ञानबहादुर बम्जन- सूर्यदर्शन सहकारी, पोखरा
७. भुपेन्द्र राई-सूर्यदर्शन सहकारी, पोखरा
८. तेजबहादुर बम्जन-शिव शिखर सहकारी
९. देवकुमार नेपाली- इमेज वचत, पोखरा
१०.छेदा नेपाली – इमेज वचत सहकारी, बागलुङ
११.तस्बिरन खातुन- सानोपाइला सहकारी,बीरगंज
१२. असरफ अलि – सानो पाइला सहकारी, बीरगंज
१३.सुवास केसी- सहारा सहकारी, चितवन
१४. दीपक पौडेल- इमेज सहकारी, बागलुङ
१५. लीलानाथ गौतम-शिव शिखर सहकारी, भक्तपुर
१६. महाशंकर रेग्मी-मेघा ड्रिम सहकारी, काठमाडौं
१७. थानबहादुर बुढामगर- सूर्यदर्शन सहकारी, पोखरा
१८. प्रेमध्वज लामा- कान्तिपुर कोअपरेटिभ, काठमाडौं