काठमाडौं – बागमती प्रदेशमा मन्त्रिपरिषद् बिस्तार भएको छ ।
मुख्यमन्त्री बहादुरसिं लामाले मन्त्री हेरफेर गरेका छन । लामाले आफ्नै दल कांग्रेसका मन्त्रीहरूको जिम्मेवारी हेरफेरसँगै नयाँलाई जिम्मेवारी दिएर आज शपथ गराइएको हो ।
मुख्यमन्त्री बहादुरसिँह लामाको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज नेपाली कांग्रेसका हरि प्रभा खड्गी, सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन र बिमल ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । खड्की सामाजिक विकास मन्त्री बन्नुभएको छ ।
यस्तै लामिछानेलाई आन्तरिक मामिला तथा कानुन, महर्जनलार्ई युवा तथा खेलकुद र ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
मुख्यमन्त्री लामाले हिजो मात्रै आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएका रसुवाका प्रभात तामाङलाई हटाएर आज दोलखाका कुन्दन राज काफ्लेलाई जिम्मेवारी दिनुभएको छ ।
प्रभात तामाङ हिजो मन्त्रीमा नियुक्त भएर पनि बागमतीमा नेपाली कांग्रेसभित्रको किचलोले सपथ नै लिन नपाई एकदिनमै पदबाट बाहिरिनुपरेको हो ।