बाग्मतीकाे मुख्यमन्त्री बहादुरसिंह लामा बन्ने पक्का !

काठमाडौं – बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामालाई अघि सार्ने निर्णय भएको छ ।

आइतबार प्रदेश संसदीय दलको कार्यालय, हेटौंडामा बसेको बैठकलले लामालाई मुख्यमन्त्रीमा पठाउने निर्णय भएको कांग्रेस बागमती प्रदेशका सचेतक गोविन्द लम्सालले बताए ।

बागमतीका वर्तमान मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज सदनबाट विश्वासको मत लिँदैछन्। उनले विश्वासको मत नपाउने निश्चित भएपछि कांग्रेस र एमालेको सत्ता समीकरणमा बन्ने सरकारको नेतृत्व कांग्रेसले पाउने भएको हो ।

जसका लागि संसदीय दलका नेता समेत रहेका लामा पहिलो २ बर्ष र बाँकी समय एमालेले मुख्यमन्त्री लिनेगरी केन्द्रमा सहमति बनेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...