काठमाडौं – काठमाडौं महानगरपालिकाले करारमा ३० जना हेभी चालकका लागि विज्ञापन खुलाएको छ ।
महानगरले प्रशासन समूह अन्तर्गत प्रथम तहका लागि ३० जना हेभी चालक माग गरेको हो । चालकको शैक्षिक योग्यता साधारण लेखपढ गर्न सक्ने तोकिएको छ ।
महिला र पुरूष दुबै चालकको हकमा उमेर २१ वर्ष पूरा भई ४० वर्ष ननाघेको हुनुपर्ने उल्लेख गरिएको छ । इच्छुकले महानगरपालिकाको वेबसाइटमा रहेको हेभी ड्राइभर अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिन सकिन्छ ।
आवेदन आगामी साउन १६ गतेसम्म दिन सकिन्छ । दोब्बर दस्तुर तिरेर साउन २३ सम्म दिन सकिने महानगरले जनाएको छ ।