देशभर मनसुनी वायुको प्रभाव : बागमती सहित यी ४ प्रदेशमा धेरै भारी वर्षाको सम्भावना !

काठमाडौं – आज कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने सम्भावना छ । कोशी, मधेस र गण्डकी प्रदेशका थोरै ठाउँ तथा बाग्मती प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

कोशी र मधेस प्रदेशका एक–दुई ठाउँमा मुसलधारे वर्षाको समेत सम्भावना छ । ती क्षेत्रका थोरै ठाउँमा अहिले पनि मध्यम वर्षा भइरहेको छ । आज बिहान काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाउँमा  वर्षा भएको छ ।

अहिले पूर्व पश्चिम राजमार्ग नजिकै सुनसरी खोला र झापामा पूर्व पश्चिम राजमार्ग नजिकै विरिङ खोला सतर्कताको तहमा पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभरको मौसम साधरणतया बदली रहने अनुमान छ । आज राति पनि कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी  प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका एक–दुई ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

ठूलो पानी पर्ने क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...