काठमाडौं महानगरको नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत पारित !

काठमाडौं – काठमाडौं महानगरपालिकाको आउँदो आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम र बजेट पारित भएको छ ।

राष्ट्रियसभा गृहमा हिजो बसेको १५ औँ नगरसभाको पाँचौँ बैठकबाट महानगरको नीति तथा कार्यक्रम र बजेट पारित गरिएको हो ।

बैठकमा महानगरका मेयर बालेन्द्र शाहले पेस गर्नुभएको संशोधित नीति तथा कार्यक्रम र बजेटलाई नगरसभाका सदस्यले सर्वसम्मत पारित गरेका हुन् ।

बैठकमा नगर सदस्यले बजेटमाथि आ–आफ्नो धारणा राखेका थिए । मेयर शाहले नगरसदस्यले उठाएको विषय र सुझावलाई सकेसम्म समावेश हुने गरी बजेट र नीति तथा कार्यक्रम कार्यान्वयन गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

काठमाण्डौ महानगरले असार १० गते आर्थिक वर्ष २०८१/८२ का लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो ।

महानगरले पूर्वाधार विकास क्षेत्रका लागि सबैभन्दा धेरै १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार बजेट विनियोजन गरेको छ । जुन कूल बजेटको ६१ दशमलव २० प्रतिशत हो ।

कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि तीन अर्ब ४९ करोड ४५ लाख २९ हजार र सामाजिक विकास क्षेत्रका लागि तीन अर्ब ८१ करोड ३६ लाख १५ हजार बजेट प्रस्ताव गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...