नेविसंघका काभ्रेले गर्‍यो एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान !

काभ्रे– नेपाल विद्यार्थी संघ काभ्रेले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । केही दिन अघि प्रकाशित नतिजा अनुसार काभ्रे जिल्लाबाट उत्कृष्ट अङ्क ल्यार्ई उतिर्ण विद्यार्थीलाई सम्मान गरेको हो ।

जिल्ला मै उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण हुन सफल भएको निजि विद्यालयका विद्यार्थीहरु,सामुदायिक विद्यालयका विद्यार्थीहरुका साथै प्राविधिक विद्यार्थीहरुका साथै एसईई उतिर्ण सफल विद्यार्थीहरुलाई सम्मान पत्र सहित सम्मान गरेको हो ।

नेविसंघले आयोजना गरेको एसईईमा उतीर्ण भएका सफल भएका कार्यक्रममा सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य शिव प्रसाद हुमागाईले विद्यार्थीको सफलता एउटा विद्यार्थीको मात्रा सफलता नभएर एउटा परिवारको पनि भएको र त्यति मात्रा नभएर हरेक विद्यार्थीको ठाउँको, समाजको गाउँको, जिल्लाको मात्रा नभएर यो देशको समेत रहेको बताउनु भएको छ ।

हुमागाईले एसईई उतिर्ण सम्पुर्ण विद्यार्थीलाई उच्च शिक्षा प्राप्त गर्न अगाडि बडने क्रममा अब्बल व्यक्ति बन्न आग्रह गर्नुभएको छ । उहाँले डाक्टर,इञ्जिनियर,पाईलट,कर्माचारी र राजनितिज्ञा जे बनेपनि अब्बल बन्न शुभकामना व्यक्त गर्नुभएको छ ।

यस्तै बागमति प्रदेशका नेपाली कांग्रेसका जिल्ला सभापति एवं पुर्व खानेपानी तथा सिचाई उर्जा मन्त्रि तिर्थ लामाले दर्बिलो समाज, बलियो समाज बनाउने हतियार नै शिक्षा रहेको बताउनु भएको छ ।

नेविसंघ काभ्रेले एसईईमा उतिर्ण विद्यार्थीलाई सम्माण कार्यक्रममा बोल्दै लामाले समुन्नत समाज,सदभाव सहितको समाज, सुसभ्य समाज र सबैलाई सम्माण गर्नै समाज निर्माण गर्दै यो मुलुकको बलियो जग बनाउने जिम्मा विद्यार्थीको काँधमा आएको बताउनु भएको छ ।

यस्तै लामाले जिवनको खुटकिलो पार गरि सफलताको उचाईमा पुग्नको लागि जिवनमा धेरै लडाई आफै लडनु पर्ने बताउनु भएको छ । जिवनको यात्रा गर्ने क्रममा जिवनलाई कस्तो बनाउने विद्यार्थीकै हातमा रहेको समेत बताउनु भएको छ ।

उनले नेविसंघ नेपाली विद्यार्थीको मन मस्तिष्कमा बस्न सफल मात्रा नभई यो मुलुकमा सबै खाले अधिकार दिलाउनको निमिक्त साथै सबैलाई न्याय दिलाउनको निमिक्त महत्वपुर्ण भुमिका खेलाउँदै आएको स्मरण गराउदै गर्विलो ईतिहास बोकेको नेविसंघको छातामुनि ओत लाउन सबै विद्यार्थीलाई आग्रह समेत गर्नुभएको छ ।

यस्तै नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले नेपालमा सबै भन्दा पहिलो शिक्षा विद्येयक जारी गर्नका लागि प्रधानमन्त्रि, शिक्षामन्त्रि, क्याम्पस–क्याम्पस देखि लिएर देशैभरि छलफल चलाएको बताउनु भएको छ ।

नेविसंघ काभ्रेले एसईईमा उतिर्ण विद्यार्थीलाई सम्माण कार्यक्रममा बोल्दै शेर्पाले अभिभावकबाट जेहेन्दार विद्यार्थीले छात्रावृत्ति नपाएको गुनासो धेरै आएपछि लक्षित वर्गसम्म छात्रावृत्ति पुग्नको लागि नेविसंघको नेतृत्वमा सेन्टर स्कलरलशिप पोर्टल बनाउन आन्दोलनको कार्यक्रम अघि बडिसकेको बताउनु भएको छ ।

अबको २ महिनामा स्कलरसिप पोर्टल लागु भएसँगै देशैभरिका जुन–जुन तहमा,विश्वविद्यालय र आंकिक क्याम्पसले दिएको छात्रावृत्तिमा पारदर्शिता हुने बताउनुएको छ साथै उनले भर्खरै एसईई उतिर्ण जेहेन्दार विद्यार्थीलाई नेविसंघ र नेविसंघ काभ्रेको समन्वयमा ५० जना विद्यार्थीलाई छात्रावृत्ति समेत घोषणा गरेका छन् ।

यस्तै नेपाल विद्यार्थी संघका काभ्रेका सभापति अन्जनराज खतिवडाले नेविसंघ काभ्रे हरेक विद्यार्थीको उच्चा शिक्षाको पाईला पाईलामा साथमा रहेको बताएको छ ।

उनले आर्थिक अभावको कारण उच्चा शिक्षा लिनबाट कोहि पनि बञ्चित हुनु नपर्ने र बञ्चित हुनु परेमा नेविसंघ काभ्रेले जिम्मा लिने बताएको छ । कार्यक्रम भव्य रुपमा सफल पार्नको लागि काभ्रेको सयौ शिक्षक र विद्यार्थीहरुको बाग्लो उपस्थित रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...