देशभर मनसुनी वायुको प्रभाव : बागमती सहित यी ४ प्रदेशमा धेरै भारी वर्षाको सम्भावना !

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । यतिबेला (बुधबार बिहान) देशभरको मौसम साधारणदेखि पूर्णतया बदलीको अवस्थामा छ ।

अहिले गण्डकी, लुम्बिनी, कर्णाली, सूदुरपश्चिम, बागमती र मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो पनि देशभरको मौसम साधारणदेखि पूर्णतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशका धेरै स्थानका मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि देशभरको मौसम पूर्णतया बदली रहने छ । देशका केही स्थानमा राति पनि मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा राति भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राति बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...