‘तालढुङ्गा’लाई बागमती प्रदेशको नमुना सहर बनाइँदै !

काभ्रे – काभ्रेपलाञ्चोक जिल्लाको भौगोलिक रुपमा विकट गाउँपालिकाको रुपमा रहेको खानीखोला गाउँपालिकाको केन्द्र तालढुङ्गालाई बाग्मती प्रदेशको नमूना सहर बनाउन सुरु गरिएको छ ।

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा खानीखोला गाउँपालिकाको केन्द्र तालढुङ्गालाई उदयीमान बजारलाई प्रदेशभित्रको नमूना तथा उदयीमान सहरका रुपमा विकास गर्ने उद्देश्यले प्रदेश सरकारले जिल्लास्थित सहरी विकास तथा भवन कार्यालय मार्फत चालु आवमा दुई करोड विनियोजन गरेको थियो ।

बिपी राजमार्ग र मदन भण्डारी राजमार्ग जोड्ने सडक (प्रस्तावित जनमुक्ति मार्ग) मा तालढुङ्गा सहर पर्दछ । तालढुङ्गा बजार खानीखोला गाउँपालिकाको प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको छ ।

पहिलो चरणमा चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट कार्यालयमार्फत नै बोलपत्र आह्वान गरी बजारको क्षेत्र र आसपासका सडकलाई पक्की बनाउन थालिएको छ ।

तालढुङ्गालाई नमूना सहर बनाउने उद्देश्यस्वरुप काम सुरु भइसकेको उल्लेख गर्दै उनले हाल एक प्रविधिक समूहले ‘ल्याण्ड पुलिङ’को काम गरिरहेको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताउनु भएको छ ।

अध्यक्ष थिङका अनुसार ‘ल्याण्ड पुलिङ’को प्रतिवेदनअनुसार आगामी आवमा प्रदेश सरकारले तालढुङ्गालाई सहरीकरणका लागि थप बजेट विनियोजन गर्नेछ। उनले तालढुङ्गालाई कुन ‘मोडल’मा सहरीकरणमा लैजाने विषयमा थप छलफल समेत भइरहेको बताउनु भएको छ ।

बागमती प्रदेश सरकारले गाउँपालिकाबाट हुने बसाइँसराइ रोक्ने तथा पालिकाभित्रको नजिक एवं सर्वसुलभ बजारको रुपमा विकास गर्ने लक्ष्यका साथ तालढुङ्गालाई नमूना उदयीमान सहरको अवधारणा अघि सारेर काम सुरु गरिएको जनाइएको छ । तस्बिरः राजकुमार पराजुली/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...