काभ्रे– काभ्रेको कर्णाली भनेर चिनिने खानिखोला गाउँपालिकाबाट बैदेशिक रोजगारीमा जाने व्यक्तिको श्रम स्वीकृति र पुन श्रम स्वीकृति दिने कार्यको सुचारु भएको छ ।
गत चैत १६ गतेको प्रधानमन्त्री तथा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीस्तरीय बैठकले गरेको निर्णय कार्यान्वयनका लागि स्थानीय तहलाई गरेको परिपत्र अनुसार खानीखोला गाउँपालिकाले २०८१-०१-०३ गतेबाट श्रम स्वीकृतिको सुरुवात गरेको हो ।
वैशाख १ र २ गते सार्वजनिक बिदा परेकाले ३ गते सोमबार पहिलो पटक खानीखोला वडा नं. ४ का दिनेश थोकरले श्रम स्वीकृति लिएको छ । थोकर साउदी अरब जानाको लागि श्रम स्वीकृति लिएको हो ।
खानीखोला गाउँपालिकाको रोजगार संयोजक लोक बहादुर थोकरले अब देखि श्रम स्वीकृति अनलाईनबाट हुने, अनलाईनबाट सेवा प्रवाह हुने भएकाले सम्पुर्ण विदेश जाने श्रमिकहरुलाई सहज हुने बताएका छन् । यस्तै थोकरले अनलाईनबाट श्रम स्वीकृत भएसँगै समयको बचत हुनुको साथै अनाधिकृत व्यक्ति वा सेवा प्रदायक मार्फत सेवा लिदा श्रमिको सम्पुर्ण विवरण प्रविष्ट नहुने सो बापतको धेरै रकम तिर्नुपर्ने र विभिन्न बाहना बनाई दुख,हैरानी दिने कार्यको अन्त्य हुने बताएका छन् ।
बैदेशिक रोजगारीमा जानको लागि व्यक्तिको श्रम स्वीकृति र पुन श्रम स्वीकृति अनलाईन आवेदनको लागि नेपाली नागरिकताको सक्कल,भिसाको कागजातपत्र,करार सम्झौतापत्र,सम्बन्धित व्यक्तिको बैंक खाता विवरण आवश्यक रहेको बताएको छ ।
यस्तै स्वास्थ्य परिक्षण र अभिमुखिकरणको तालिमको प्रमाणपत्र,म्यादी जिवनबिमाको कागजपत्र, कल्याणकारी कोषमा तिरको बैंक भौचर र पासपोर्ट साईजको २ प्रति फोटो आवश्यक पर्ने रोजगार संयोजक थोकले बताएका छ ।
यस्तै यस शाखामा कार्यरत रोजगार साहयक सिर्जना थिङले आफुहरु सेवाग्राहीलाई गुणस्तरिय सेवा दिन निरन्तर लागि परेको बताएकी छिन् । यस्तै थिङले सेवाग्राहीले गुणस्तरिय सेवा सहज रुपमा पाएसँगै सेवाग्राहीमा थप उत्प्रेरण मिल्ने आशा व्यक्त गरेका छन् ।