नागरिक साहारा नेपालले गरे निशुल्क कोरियन र जापानिज भाषा कक्षा समापान तथा सम्मान !

काभ्रे – नागरिक साहारा नेपालद्धारा ६ महिने निशुल्क कोरियन र जापानिज भाषा कक्षा समापान तथा सम्मान २०८० एवं नयाँ बर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।

मानानिय संघिय प्रतिनिधि सभाको उपसभामुख इन्दिरा राना मगरको प्रमुख आथित्यमा सम्पन्न उक्त कार्यक्रममा समाजमा विभिन्न क्षेत्रबाट योग्दान गर्ने व्यक्तिहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको छ ।

मानानिय संघिय प्रनिनिधि सभाको उपसभामुख रानाले ६ महिने निशुल्क तथा जापनिज भाषाको समापन तथा नयाँ बर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै हरेक देशको अनुभव लिनुपर्ने बताउनुको साथै जुनसुकै देशले जतिसुकै मानवताको कुरा गरेपनि आफ्नो राष्ट्र र जनतालाई पहिलो हेर्ने स्मरण गर्दै नेपालीहरु विश्वको जुनसुकै देशमा गए पनि आफ्नो स्वाभिमान र मातृभुमिलाई नविर्सन आग्रह गर्नुभएको छ ।

यस्तै सभामुख राणाले भाषामा मात्रै विज्ञता हासिल नभएर सिपमा समेत दक्षता हासिल गर्न आग्रह गर्नुका साथै हामीसँग उच्च सिप भएमा विश्वको जुनसुकै देशमा पुगेपनि नेपालमा उत्पादिक हरेक बस्तुलाई ब्रान्डिङ गर्न सकिने बताउनु भएको छ ।

यस्तै काभ्रेको जिल्ला समन्वय समितिको प्रमुख दिपक गौतमले निशुल्क रुपमा कोरियान र जापानिज भाषाको कक्ष सञ्चालन गरेको साहारा नेपाललाई धन्यवाद दिदै प्रशिक्षित विद्यार्थीलाई जुनसुकै देशमा गएपनि नेपालको नामलाई चिनाउदै नेपालमा फर्कन आग्रह गर्नुभएको छ ।

यस्तै समन्वय प्रमुख गौतमले कोरिया होस या जापान जुनसुकै देश गएपनि त्यो देशको नागरिकता नलिई त्यहाँ सिकेको सिपलाई नेपालमा फर्किएर देश विकास, समृद्धिमा योग्दान गर्न आग्रह गर्नुका साथै नागरिक साहारा नेपाल साच्चिकै असाहयहरुको सहरा र आवाज विहिनहरुको आवाज बन्न आग्रह गर्दै जिल्ला समन्वय समिति सदैव साथ रहने प्रतिबद्धता गर्नु भएको छ ।

नागरिक साहारा नेपालका अध्यक्ष छेवाङ योञ्जन तामाङले नागरिक साहरा नेपालले निशुल्क रुपमा कोरियन भाषा र जापानिज भाषा पढाउनको मुल उद्देश्य युवाहरुलाई विदेश पठाउनु मात्रै नभएर भाषामा विज्ञता प्राप्त भएकालाई देशमा रोजगारी प्राप्त गरि देशमै लाखौ कमाउन सकिनुका साथै नेपाल सरकारले विभिन्न देशहरुमा भाषामा विज्ञ व्यक्तिहरुलाई पर्यटकिय प्रर्वद्धनको निम्ति प्रनिनिधिको रुपमा पठाउने गरेको र त्यहाँ पनि अवसरको बाटो रहेको बताउनु भयो ।

अध्यक्ष तामाङले नागरिक साहारा नेपालले विगत लामो समय देखि नै व्यक्तित्व विकास, सिपमुलक तालिमका साथै विभिन्न भाषाहरु निशुल्क रुपमा सञ्चालन गर्दै आएको र यस्ता खालका कार्यक्रमहरु भोलिका दिनमा पनि गर्दै आउने प्रतिबद्धता समेत जाहेर गर्नु भयो ।

उक्त कार्यक्रममा नागरिक सहरा नेपालले विभिन्न क्षेत्रबाट देशलाई चिनाउन महत्वपुर्ण भुमिका खेलेका मानव कल्याण समाजका अध्यक्ष सुमित्रा चौलागाई, देशभक्त युवा नेपालका अध्यक्ष खेमराज साउद, खुडकिलो नेपालको अध्यक्ष तारा साम्पाङ राई, मैना देवि फाउण्डेशनका अध्यक्ष केपी खनाल सहित ४८ जनलाई सम्मान पत्र सहित सम्मान गरेको छ ।

यस्तै नागरिक साहारा नेपालले यस संस्था मार्फत सञ्चालन गर्दै आएका सामाजिक कार्यमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा साथ सहयोग गर्नुहुने व्यक्तित्वहरु, शिक्षकवर्ग र भोलेन्टियरलाई कदरपत्र सहित ३१ जनालाई सम्मान गरेको छ भने ५० जना विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...