पुर्वमन्त्रि तिर्थ लामाले गरे साल्धारा स्थास्थ्य चौकी भवनको उद्धघाटन !

काभ्रे– नेपाली कांग्रेसका जिल्ला सभापति तथा वागमति प्रदेश सरकारका पुर्व खानेपानी तथा सिंचाई मन्त्रि तिर्थ लामाले खानीखोला जनताको अवस्था बदल्न र समग्र विकास निर्माणको लागि जस्तोसुकै परिस्थितिमा पनि सहयोग र जनताको पक्षमा निरन्तर लाग्ने बचन बद्धता गर्नुभएको छ ।

खानीखोला गाउँपालिका वडा नं ६ साल्धारामा शनिबार नवनिर्मित साल्धारा स्थास्थ्य चौकी भवनको उद्धघाटन गर्नु हुदै पुर्वमन्त्रि लामाले यस्तो प्रतिवद्धता गर्नु भएको हो ।

पुर्वमन्त्रि लामाले संसारका विकसित देश भन्दा पनि आफ्नो देशलाई नै सर्वपरि ठानि विकास गर्नु आफ्नो कर्तव्य भएको बताउनु हुदै जनताको अवस्था बदल्न तिन ओटै सरकारको उत्तिकै जिम्मेवार र भुमिका रहेको बताउनु भएको छ ।

यस्तै पुर्वमन्त्रि लामाले आफु खानीखोलाको जनताको अमुल्य मतले विजय भएको स्मरण गर्दै खानाीखोला जनताको आफु ऋणी भएकोले खानीखोलाको विकासमा आफु जोडदार रुपमा प्रस्तुत भईरहने समेत बताउनु भएको छ ।

उहाँले विभिन्न कालखण्डमा भएका राजनितिक परिवर्तनको फलस्वरुप देशमा संघिय लोकतान्त्रिक,गणतन्त्रात्मक व्यवस्था आएसंगै देशमा संघिय शासन प्रणाली लागु भएपछि बनेको ३ तहको संरचना अनुरुप खानीखोला गाउँपालिकाको सरकार बनेको बताउनु भएको छ ।

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले अन्तर पालिकाको विकासमा जोड दिने बताउनु भएको छ । उहाँले रोशी गाउँपालिका र खानीखोला गाउँपालिकाको विकास संगसँगै हुनुपर्ने धारण समेत राखेका थिए ।

यस्तै खानीखोला गाउँपालिकाको अध्यक्ष इन्द्र बहादुर थिङले समृद्ध खानीखोला निर्माण गर्नको लागि सदैव अगि बढिरहने प्रतिवद्धता गर्नुको साथै जनताको अवस्था बदल्न निरन्तर लागि रहने बताउनु भएको छ ।

यस्तै कार्यक्रममा खानीखोला गाउँपालिकाको उपाध्यक्ष दोर्जेमान जिम्बाले खानीखोला सरकार जनताको सरकार भएकोले जनताले चाहेकै जस्तो सेवा प्रवाह गर्न कुनै पनि कन्च्युसाई नगर्ने बताउनु भयो ।

कार्यक्रममा नेकपा एमाले पुर्व बागमति प्रदेश कमिटि सदस्य शेखर लामा,खानीखोला गाउँपालिकाका सातै वडाका वडाअध्यक्षहरु, नेपाली कांग्रेसका जिल्ला सदस्य तथा युवा नेता चित्र गोल, मिना पाख्रिन लगायतले धारणा राख्नु भएको थियो ।

नवनिर्मित साल्धारा स्थास्थ्य चौकी भवन उद्धघाटन कार्यक्रम भव्य रुपमा सफल गर्ने क्रममा युवा नेताहरु क्षेत्र वाईवा,राजन अधिकारी,बिष्णु तिमल्सिना,क्षेत्रमान घ्यावा, डम्बर घिसिङ लगायतको आथित्यमा सम्पन्न भएको थियो ।

स्थास्थ्य चौकी भवन उद्धघाटन कार्यक्रम खानीखोला वडा नंं ६ का वडा अध्यक्ष वृहस्पति घिसिङको सभापतित्वमा भएको थियो भने सञ्चालन नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य प्रेम लामा थोकरले गर्नु भएको थियो ।

कार्यक्रमका झलक तस्विरमा :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...