नगर प्रहरीमाथि आक्रमण गर्ने फुटपाथ व्यापारी नभएर एमाले कार्यकर्ता हुन् : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले गएको बुधबार साँझ सुन्धारामा एमाले कार्यकर्ताले नगरप्रहरीमाथि आक्रमण गरेको आरोप लगाएका छन् ।

शनिबार साँझ सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनले नगर प्रहरीमाथि रडले आक्रमण भएपछि बाध्य भएर उनीहरूले आत्मरक्षाका लागि बल प्रयोग गरेको जिकिर गरेका हुन् ।

उनले लेखेका छन्, ‘नगरप्रहरीमाथि आक्रमण गर्नेहरु फुटपाथ ब्यापारी नभई एमाले कार्यकर्ता हुन् । उनले सामाजिक सञ्जालमा देखिएको भिडियो आधा मात्र भएको र यसअघिको भाग सरकारले मेटाएको आरोपसमेत लगाएका छन् ।

गत बुधबार साँझ फुटपाथ व्यवासायीले सुन्धारामा पसल राख्न खोजेपछि महानगर प्रहरीले हस्तक्षेप गर्दा झडप भएको थियो ।

झडपमा  महानगर प्रहरीका डिएसपी मनोज लामिछानेसहित ५ जना घाइते भएका महानगर प्रहरी प्रमुख राजु पाण्डेको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...