काठमाडौं – कलाकार पवन खतिवडा ‘म्याकुरी’माथि कुटपिट गरेको आरोपमा पक्राउ परेकी आफूलाई अभियन्ता बताउँने शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
जिल्ला अदालत, काठमाडौँले बिहीबार कुटपिट र अंगभंग गरेको कसुरमा अनुसन्धानका लागि वाइबालाई हिरासतमा राख्न अनुमति दिएको हो ।
शर्मिलाले कुटपिट गरेको भन्दै कलाकार पवन खतिवडा (म्याकुरी)ले जाहेरी दिएपछि उनलाई हिजो प्रहरीले सिन्धुपाल्चोकबाट पक्राउ गरेको थियो ।
उनलाई पक्राउ गरी काठमाडौं ल्याएर बिहीबार म्याद थपका लागि अदालत लगिएको हो । वाइबा विरूद्ध कलाकार खतिवडाले प्रहरी वृत्त महाराजगन्जमा जाहेरी दिएका थिए ।
वाइबा विभिन्न युट्युबका अन्तर्वार्तामा देखिने गरेकी छन् । उनी पटकपटक विवादमा आउने गरेकी छन् ।