प्रसुती गृहबाट बच्चा चोर्ने महिला पक्राउ, खुल्यो सन्तान चोर्नुको कारण !

काठमाडौं – काठमाडौंको थापाथलीस्थित प्रसूति गृह अस्पतालबाट बच्चा चोरी गर्ने महिला पक्राउ परेकी छिन् । प्रहरीले बच्चा चोरीमा संलग्न रहेको आरोपमा उनका श्रीमान् र दिदीलाई समेत पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा दैलेख घर भई काठमाडौँको काँडाघारीमा कोठा लिएर बस्दै आएकी २४ वर्षीय मनीषा सिंहसहित अन्य दुई जना पक्राउ परेका हुन् । अन्य दुई जनाको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

पक्राउ पर्ने महिलाकी दिदी र श्रीमानसमेत हुन् । मनीषाका श्रीमान् नेपाली सेनामा कार्यरत् रहेको प्रहरीको भनाई छ । सन्तान नभएपछि बच्चा चोरी गरेको रहस्य खुलेको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार राति ११ः४५ बजे काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काँडाघारीबाट बालिकालाई उद्धार गरी उनीहरूलाई पक्राउ गरेको हो ।

विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि मनीषाले बालिकाको चोरी रहस्य खुलेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।
प्रसूति गृहबाट बालिकाको चोरी घरेपछि आधा बाटोमा उनकी दिदीसमेत बालिका लिन पुगेकी थिइन् ।

बालिका लिएर गएपछि छिमेकी तथा आफन्तलाई सुत्केरी भएको जानकारीसमेत गराएको पाइएको छ । बालिकाको उद्धारपछि अस्पतालमा प्रारम्भिक उपचार गरी बालिकाको परिवारको जिम्मा लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...