आफ्नी प्रेमिकाको अश्लील भिडिओ फेसबुकमा अपलोड गर्ने २७ वर्षीय थापा पक्राउ !

काठमाडौं – सामाजिक सञ्जाल फेसबुक मार्फत अश्लील फोटो तथा भिडिओ सार्वजनिक गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले बुधवार काठमाडौं गोङ्गबुबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका घर भई काठमाडौं बानियाँटार बस्दै आएका २७ वर्षीय किरण थापा रहेका छन् ।

ब्यूरोका अनुसार युवती र आरोपित युवकको भेट सामाजिक सञ्जाल फेसबुकमा भएको थियो । उनीहरूबीच कुरा हुँदै जाँदा मेसेञ्जरबाट गोप्य फोटो तथा भिडिओ साटासाट भएको थियो ।

सम्बन्ध बिग्रिएपछि पीडकले ती फोटो तथा भिडियोलाई पीडितका आफन्त तथा परिवारजनमा पठाइदिए । त्यसरी सामाजिक तथा व्यक्तिगत जीवनमा गम्भीर असर हुने गरी चरित्रहत्या गरेको भन्दै युवतीले ब्यूरोमा उजुरी दिएकी थिइन् ।

त्यसैका आधारमा अनुसन्धान र प्राविधिक विश्लेषणबाट पीडक किरण थापा खुल्न आएको ब्यूरोले जनाएको छ । उनीमाथि विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसुरमा प्रहरीले मङ्गलबार मुद्दा दर्ता गरेर खोज तलास सुरु गर्‍यो ।

तर, उनी फेला परेनन् । प्रहरीले उनलाई फरार प्रतिवादी बनाएर खोजतलास गरेपछि बुधवार पक्राउ परेका हुन् । उनलाई अदालती कारबाहीका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको ब्यूरोले जनाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...