काठमाडौं – गोकर्णेश्वर नगरपालिका ७ नं. वडा कार्यालय र दक्षीणढोका उत्थान युवा क्लबको संयुक्त आयोजनामा काठमाडौंको दक्षिणढोकाको शिवचोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
प्रजातन्त्र दिवसको अवसरमा आयोजित उक्त रक्तदान कार्यक्रममा गोकर्णेश्वर नगरपालिका ७ का कार्यवाहक वडाअध्यक्ष प्रियस दाहाल, वडा सदस्यहरु, गोकर्णेश्वरका खेलकुद संयोजक संजय लामा र विकास राई लगायत अन्य समाजसेवी व्यक्तिहरुको उपस्थित रहेको थियो ।
विहान १० बजेदेखि २ बजेसम्म संचालन भएको रक्तदान कार्यक्रम मा १०१ जना रक्तदाताहरूले रक्तदान गरेको र १०१ युनिट रगत संकलन भएको दक्षीणढोका उत्थान युवा क्लबका अध्यक्ष राजेश जिम्बाले जनाएको छ ।
क्लबका अध्यक्ष जिम्बाले क्लबले रक्तदान लगायतका सामाजिक कार्यहरु गर्दै आइरेहेको र देशभर अस्पतालका शैयामा कयौं बिरामीहरु रगत अभाव भइरहेको बेला रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम आयोजना गरिएको बताएको छ ।
रक्तदान कार्यक्रम सफलतापुर्वक सम्पन्न गर्नको लागि सुनौलो नेपाल, The Healing Home, Manakamana Secondary School र Blood Donors Association Nepal संस्थाहरुले सहयोग गरेका थिए ।
रक्तदान कार्यक्रम सफलतापुर्वक सम्पन्न गर्नको लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सम्पुर्णलाई धन्यवाद दिनुका साथै आगमी दिनमा यस्ता सामाजिक कार्यमा सबैको साथको अपेक्षा समेत राखेको क्लबका अध्यक्ष जिम्बाले बताएको छ ।